कांग्रेस एमालेले संघीयता समाप्त पार्ने सडयंत्रमा ः अध्यक्ष डाक्टर राउत
राकेश यादव,
रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउतले नेपालका ठुला राजनितिक दल नेपाली कांग्रेस र नेकपा एमालेले संघीयता समाप्त पार्ने सडयन्त्र गरी रहेको बताएका छन ।
नेपालमा मधेश आन्दोलनको बलमा आएको संघीयतालाइ खारिज गर्ने उदेश्यका साथ लोकतन्त्रको मूल्य र मान्यता विपरीत दुइ ठुला दल गठवन्धन गरेर सरकार बनाएकोले कुनै पनि बेला संघीयता माथि खतरा रहेकोले आन्दोलनको तयारी गरेर बस्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।
जनमत पार्टी जिल्ला कार्य समिति रौतहटले सोमबार रौतहट जिल्लाको सदरमुकाम गौरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै राष्ट्रिय अध्यक्ष डाक्टर राउतले संविधान संशोधनको बहानामा प्राप्त उपलब्धि खोसिने तयारी गरिरहेकोले प्रतिकार गर्न तयारी अवस्थामा रहन पार्टीका नेता कार्यकर्त्तालाइ निर्देशन दिए ।
संविधान संशोधन हुनु पर्ने हो तर संघीयता र पूर्ण समानुपातिक समाबेशिता सहितको, उनले भने हाम्रो पार्टीको मांग पनि संविधान संशोधन रहेको छ । संविधान संशोधन गर्दा अधिकार सहितको स्वायत प्रदेश , प्रत्यक्ष निर्वाचित प्रधानमंत्री र मुख्यमंत्री हुनु पर्ने हाम्रो अड़ान रहेको छ ।
केंद्रीय अध्यक्ष डाक्टर राउतले बिगत ४० बर्ष देखि सत्ताधारी राजनितिक दल नेपाली कांग्रेस ,नेकपा एमाले ले प्रधानमंत्री बन्दै आएकोले जनताको प्रत्यक्ष मत बाट निर्वाचित प्रधानमंत्री ,मुख्य मंत्री र संवैधानिक आयोगका प्रमुख हुनु पर्ने व्यवस्था नया संविधानमा हुनु पर्ने उनले बताए ।
मधेशको भूभागलाइ राजनितिक लाभ लिने उदेश्यले बिभाजन गरेको हुदा समग्र मधेश २ प्रदेश हुनु पर्ने मांग जनमत पार्टीले अगाडी सारेको समेत उल्लेख गरे । जल जंगल जमीनमा आम नेपाली जनताको पूर्ण अधिकार हुनु पर्ने भन्दै डाक्टर राउतले संविधानमा सामाजिक लोकतन्त्रको व्यवस्था उल्लेख गर्नु पर्ने कुरामा जोड़ दिए ।
प्रदेशको आफ्नो प्रहरी प्रसाशन नभए सम्म प्रदेशको विकास निर्माणको कार्य अघि बढ़न नसक्ने भएकोले संविधान संशोधनमा प्रदेशलाइ स्वायत प्रदेशको अधिकार दिनु पर्ने , भाषा र जनसँख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्नु पर्ने , प्रदेशको सीमांकन सुधार गर्नु पर्ने , सरकारको सम्पूर्ण निकायमा समानुपातिक समाबेशिताको आधारमा सहभागिता हुनु पर्ने मांग जनमत पार्टीले राखेर मेची देखि महाकाली सम्म कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको स्पस्ट पारे !
जिल्ला इन्चार्ज शेख जमशैदको सभापतित्वमा संपन्न भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केंद्रीय संगठन बिभाग प्रमुख डाक्टर जयकान्त राउत , केंद्रीय सदस्य ललित कुमार मल्लिक , डाक्टर सुबन्त कुशवाहा , देवेन्द्र मिश्रा लगायतका नेताहरुले पार्टीको संगठन विस्तारको बारेमा आ आफ्नो धरना राखेका थिए । कार्यक्रमको सञ्चालन जनमत पार्टीका केन्द्रिय सदस्य विकास कुमार यादवले गरेका थिए ।









