महामन्त्री शर्माको मधेशमा कांग्रे्रसको मुख्यमन्त्री बन्ने दावी,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा अब कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री बन्ने बताएका छन्। शनिबार लहानमा आयोजित नेपाली कांग्रेसको कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनमत पार्टीको नेतृत्वमा रहेको सरकारको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
शर्माले भने, “कांग्रेसले अहिलेसम्म मधेशमा मुख्यमन्त्री पाएको छैन र अब यसलाई कांग्रेसको नेतृत्वमा बनाउनुपर्छ।“ उनले एमाले, कांग्रेस र लोसपा मिलेर सहजै सरकार गठन गर्न सकिने विश्वास व्यक्त गरे। वर्तमान सरकार केन्द्रीय सरकारको कारणले बनेको भए पनि, यसले जनताको चित्त बुझ्दो काम नगरेको भन्दै उनले आलोचना गरे।
महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि काम गर्ने गति बढाउन आग्रह गर्दै बीआरआईसहित अन्य विदेशी ऋणको थुप्राई गरेर विकास योजनाहरू ल्याउने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारे।
साथै, उनले सहकारी रकम अपचलनमा रवि लामिछानेलाई मात्र लक्षित गरेर सरकारले छानबिन र कारबाही अगाडि नबढाएको आरोप लगाउँदै कांग्रेस, एमाले, माओवादी र राप्रपाका नेताहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिए। पार्टी उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको उल्लेख गर्दै, दोषी पाइएमा कारबाही हुने चेतावनी दिए।









