अवसरवादीलाई न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने

अवसरवादीलाई  न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने

रौतहट । सहिद परिवार उमा देवीको अध्यक्षतामा रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडाको इलाका प्रहरी कार्यालय देखि दुई सय मिटर दक्षिण तर्फ बसेको बैठकमा एकल महिलाका मधेस प्रदेश उपा–अध्यक्ष सोमरिया देवी पासवान लगायत मधेस प्रदेशमा सहिद परिवारहरुबिच चित परिचित कामले लोकप्रिय रहेका राजु महतो लगायत सहिद परिवारहरुको विभिन्न स्थानिय तहबाट नेतृत्व सहिद परिवारहरुको नेतृत्व गर्ने मात्र नेतृत्व कर्ताहरुको उपस्थितिमा बसेको बैठकले पावर र पहुँचको भरमा पटक पटक राजनीति नियुक्ति खाने अवसरवादी कविता ठाकुरलाई प्रधान मन्त्री सचिवालय, सिंह दरबारबाट न हटाए वर्तमान सरकारको विरुद्धमा विद्रोह गर्ने भएका छन ।
कविता ठाकुरको श्रीमान दसरथ ठाकुरको वि सं २०६४÷०२÷२९ मा मृत्यु भयो जब कि २०६४ मा कुनै युद्द भएको थिएन तर पनि पहुंचको आधारमा आफ्नो श्रीमानको नाम राजपत्रमा प्रकाशन गराए तर जनयुद्दका सहिद परिवारहरु राजपत्रमा नाम प्रकाशन गराउनका लागि जिल्लाका सदरमुकाम देखि काठमाडौंको सिंहदरबार र सिंहदरबार देखि जिल्लाका सदरमुकाम सम्म ओहोर दोहोर गरिराख्दा पनि थुप्रै जनयुद्धका सहिदहरुको नाम प्रकाशन राजपत्रमा प्रकाशन हुन सकेका छैन।
कविता ठाकुरले पहुँचको आधारमा राजविराजको गजेन्द्र नारायण हस्पिटलमा राजनीति नियुक्ति पाए, त्यसपछि जनकपुरको मधेशी सहिद प्रतिष्ठानमा राजनीति नियुक्ति पाए, त्यसपछि नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसदको समानुपातिक तर्फ उमेदवार भए जब कि उहाँको छोरो धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा बहुमत पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य सुरु देखि नै यथावत छन् । त्यस पछि अहिले प्रधान मन्त्रीज्यु को सोकिय सचिवालयमा राजनीति नियुक्ति लिएर बसेको छ । उहाँको शैक्षिक योग्यता पनि ८ देखि १० सम्मको मात्र हो भन्ने शहिद परिवारहरुको भनाई रहेको छ ।
राजु महतोको अनुसार हाम्रो माग योग्यता र क्षमताको आधारमा राजनीति नियुक्ति हुनुप¥यो ।
सरकारले, जो इन्जिनियर र स्नातक लगायत डिग्री प्राप्त गरेको गरीब सहिद परिवारलाई रोजी रोटीको लागि भए पनि कतै कार्यालय सहयोगी (पिउन) को पनि जागिर पाउन न सकेको अवस्था छ ।
तर जो हुने खाने छ , जसको कुनै योग्यता, क्षमता छैन् ।त्यस्तो व्यक्तिलाई पहुंच को आधारमा पटक पटक राजनीति नियुक्ति दिने कृयाकलापले महान सहिदहरुको अपमान भएको हो भन्ने महतो को गुनासो छ।

RELATED NEWSसबै