सहमति पछि गरुडा नगरपालिकाको ताल्चा खोल्यो

सहमति  पछि गरुडा नगरपालिकाको ताल्चा खोल्यो

एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको मेहर र उपमेयरको समूह बीचको सहमति पछि ताल्चा सोमबार  खुलेको छ ।

एक महिना भन्दा बढी दिन देखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो । नगर उपप्रमुख पुनम देवि चौधरी सहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरि मुलगेटमा धर्ना दिदै आएका थियो ।

नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछी नगर उप प्रमुख चौधरी सहित आन्दोलनरत वडा अध्यक्षहरुले  ताल्चा खोलेका हुन ।

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयस्वाल र आन्दोलनरत पक्ष बीच विभिन्न बुदामा लिखित सहमति भएपछी आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेका छन ।

ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्ष बिच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो ।

तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बिच भएको वार्तामा सहमति जुटेको थियो । वार्ता सफल भएपछी गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।

RELATED NEWSसबै