पंडित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको उदघाटन सम्पन्न

पंडित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको उदघाटन सम्पन्न

राकेश यादव,

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ मा स्थापना भएको जिल्लाको पहिलो सरकारी क्याम्पस पंडित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलबार समुदघाटन गरिएको छ।

राजश्रीजनक िवश्वबिधालय मधेश प्रदेश सरकारबाट अनुमति प्राप्त पंडित मंगल कुमार उपाध्याय बहुमुखि क्याम्पसको उदघाटन िवश्वबिधालयका उपकुलपति डाक्टर अमर यादव र गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुले संयुक्त रुपमा गरेका हुन।

उदघाटन समारोहमा सम्बोधन गर्दै उपकुलपति डाक्टर यादवले रौतहटको शिक्षाको स्तर उकास्ने उदेश्यले पंडित मंगल कुमार उपाध्याय बहुमुखि क्याम्पसको स्थापना गरिएको बताएका छन्।

उनले रौतहटको जेहेन्दार, दलित, मुस्लिम, मधेशी समुदायका बिद्यार्थीलाइ आरक्षण प्रदान गरिने व्यवस्था समेत रहेको जानकारी दिए। क्याम्पसको निजी भवन नरहेको कारण तत्काल जुद्ध उच्च माध्यमिक बिद्यालयको छात्रबासको भवनमा संचालन गरिएको बताए।

कार्यक्रममा बिश्वबिधालयका राजिस्टार सत्य नारायण साहले क्याम्पसको स्थापनाले रौतहट जिल्लाको शिक्षामा थप उर्जा पुग्ने विश्वास व्यक्त गरेका छन्।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बिबिए र कृषि सम्बन्धि अध्यन गर्न सकिने भएकोले अब बिद्यार्थीहरुलाई बाहिर जाने समस्याको अन्त्य भएको बताए।

क्याम्पस संचालनको जिम्मा गौर नगरपालिकाले लिएको बताउदै क्याम्पसको लागी जग्गा व्यवस्थापनमा लागेको बताए।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिबीहरुले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

RELATED NEWSसबै