आलेखः जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
October, 22, 2025मनाङ, ५ कात्तिक : हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् । हिउँदमा घर वरपर राखेर पालिएका याक, चौँरी र भेडाच्याङ्ग्राको बथान यतिबेला लेकका खर्कमा पु¥याइएका छन् । हिउँद सकिएपछि लेकमा पु¥याइने याक, चौँरी र भेडाच्याङ्ग्राका...















