रौतहट बारको अध्यक्षमा कर्ण निर्वाचित
अधिवक्ता हेमचन्द्र लाल कर्ण
रौतहट ९ साउन । रौतहट जिल्ला अदालत बार एसोसिएशन गौरको अध्यक्षमा ४ मतले अधिवक्ता हेमचन्द्र लाल कर्ण विजयी भएका छन ।
शनिवार बार एसोशिएसनको हलमा संपन्न भएको निर्वाचनमा निकटम प्रतिद्वन्दी अधिवक्ता लालबाबू राय यादवलाइ ४ मतको अंतरले पराजित गर्दै कर्ण निर्वाचित भएको हो ।
कर्णको पक्षमा ३४ मत परेको थियो भने यादवको पक्षमा ३० मत परेको निर्वाचन समितिले जनाएको छ । जिल्ला कार्य समितिको उपाध्यक्षमा राम दरेश प्रसाद ३४ मत ल्याएर निर्वाचित भएका छन । प्रतिद्वंदी उम्मेदवार राम ईस्वर प्रसादलाई ३० मत परेको थियो । सचिव र कोषाध्यक्ष पदमा ३२ / ३२ मत आएर मत बरावरी भएको थियो । सचिव पदका उम्मेदवार आफताब आलम ३२ र हरिश्चंद्र पंडितलाई ३२ मत तथा कोषाध्यक्षमा जीतेन्द्र कुमार सिंह र मोहमद अतिकुर रहमान ३२ मत ल्याएको कारण मत बरावरी भएको प्रमुख निर्वाचन अधिकृत मोहमद मजरुल हक़ ले बताएका छन । दुवै पद का उम्मीदवार विच भएको आपसी सहमति अनुसार सचिवमा हरिश्चंद्र पंडित र कोषाध्यक्षमा जीतेन्द्र कुमार सिंह निर्वाचित भएको उहाले बताए ।
सदस्यमा रतीश कान्त झा ४३ , जय नारायण मुखिया ४१ , सुनील कुमार जायसवाल ४० , सुरेश प्रसाद श्रीवास्तव ४० र हरी बहादुर कार्की ३७ मत ल्याएर निर्वाचित भएका छन । पार्षद मा नीकुन्त नारायण झा , राम एकवाल राय यादव र भाग्य नारायण झा निर्विरोध निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ ।









