रौतहटको राजपुरमा डायरियाको बिरामीको संख्या बढ्दै
पूजा पाठक, ४ असोज ।
रौतहट जिल्लाको राजपुर नगरपालिकामा डायरिया को बिरामीको संख्या बढ्दै गएको छ । गएको बुधवार एक जनाको बिरामी भएको राजपुर नगरपालिका वड़ा नम्बर ४ र ३ को बिरामीको संख्या बढ्दै गएको हो ।
राजपुर नगरपालिकामाँ रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिनमा डायरियाको बिरामीको संख्या २३ पुगेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको इंचार्ज मीनाजु रहमानले डायरियाको बिरामीको संख्या २३ पुगेको जानकारी दिएका छन ! प्रारंभिक रुपमा डायरियाको लक्षण देखिएका २३ बिरामीको उपचार प्राथमिक स्वास्थ्य केन्द्र मा भई रहेको जानकारी गराएका छन ।
सबै भन्दा बढ़ी बिरामी राजपुर नगरपालिका वड़ा नम्बर ४ का रहेका छन ! वड़ा नम्बर ४ मा २० जना बिरामी रहेका छन भने वड़ा नम्बर ३ मा २ जना र वड़ा नम्बर ७ का १ जना बिरामी रहेका छन ।
डायरियाको संक्रमण बढेको बिषयमा प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज रहमानले सरसफाईकोको कारण यस्तो अवस्था सृजना भएको बताएका छन ।
प्राथमिक स्वास्थ्य केन्द्रमा आएका बिरामीको उपचार गंभीरता पूर्वक भई रहेको बताउँदै इन्चार्ज रहमानले नमूना संकलन गरी प्रादेशिक अस्पताल गौर र मधेश प्रदेशको प्रयोगशाला जनकपुरमा परिक्षणको लागि पठाइएको उनले बताए ।
डायरिया संक्रमित भएर उपचारको लागि प्राथमिक अस्पताल राजपुरमा पुगेका बिरामी स्थानीय वड़ा नम्बर ४ निवासी शेख सोयबले प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले राम्रो संग हेरचाह गरी रहेको प्रतिक्रिया दिएका छन ।
राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले जनताको स्वास्थ्यको सवालमा कुनै किसिमको समझौता नगर्ने बताएका छन ! नगरपालिकामा भएको संक्रमणको बिषयमा गहन रुपमा छानविन अनुसन्धान गरी बास्तविक्ता पता लगाउन निर्देशन समेत दिएको उहाले जनाए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिने आक्सीजन , जीवन जल , सलाइन पानी लगायतको औषधि उपलब्ध रहेको समेत प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।









