बजेट सेलिङ्ग माग्दा मेयरले धम्क्याउछ वडा अध्यक्ष साह
राकेश यादव !
रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगरप्रमुख रिना कुमारी साहले राजनीतिक रिस साधन गर्ने उदेश्यले २ वटा वडालाइ विकास निर्माणको कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले बताएका छन् ।
नगरपालिकाले संचालनमा ल्याएको असहाय सँग मेयर कार्यक्रम अन्तर्गत बिबाहको कार्डको आधारमा गरेको सिफारिश माथि नगर प्रमुखले छानबिन नै नगरी म लाइ बदनाम गर्ने उदेश्य आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको आरोप लगाए ।
शुक्रबार वडा कार्यलयमा सन्चारकर्मी संग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमाले बाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुख आफ्नो नजिकको व्यक्तिलाइ वडाको सिफारिश बिना रकम दिने तथा गरिब असहायलाइ सिफारिश गरेर पठाउदा फाइल नै गायब गराई दिने कार्य गर्दै आएको आरोप लगाए ।
वडा अध्यक्ष साहले भने मेयर तानाशाही रुपमा प्रस्तुत हुने गरेको छ, वडाको विकासको लागि बजेट माग्दा ज्यान मार्ने धम्कि समेत दिने गरेको उल्लेख गरे । बैठकमा सदा पन्नामा हस्ताक्षर गराएर आफ्नो मनपोली ढंग बाट योजना लेख्ने गरेको बताउदै आवाज उठाउदा धम्कि दिने गरेको सुनाए ।आर्थिक बर्ष २०७९÷०८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिश सहितको फाइल नै गाएब गरिदिएको स्थानीय ठगा साहले बताए । १ बर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निबेदन दिएकोमा अहिले सम्म रकम नपाएको गुनासो पोखे ।
वडा नम्बर ८ का स्वतन्त्र बाट निर्वाचित भएका वडा अध्यक्ष शिब प्रसन यादव लाइ समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाइ सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए ।
स्थानीय नरेश यादबले १ बर्ष देखि दौड धुप गरे पनि अहिले सम्म रकम नपाएको बताए । जातिय्ता प्रति बढी ध्यान दिने मेयर साहले पाउनु पर्ने रकम माग्न जादा हपकाएर भगाएको बताए । यस बिषयमा नगर प्रमुख साह संग सम्पर्क गर्न खोज्दा फोन रिसिब नभएको कारण कुरा हुन सकेको छैन ।









