कारागार कार्यालय गौरमा क्षमता भन्दा बढी कैदी
राकेश यादव ।
रौतहट । जिल्ला कारागार कार्यालय रौतहट गौरमा क्षमता भन्दा कैदी बन्दीहरु रहेका छन । कारागारमा बस्ने कैदी बन्दीको क्षमता २ सय रहेकोमा अहिले ३२१ जना कैदी बन्दी रहेका हुन । भौतिक पूर्वाधारको आभाव रहेको रौतहट कारागार कार्यालयमा बिभिन्न मुद्दाका कैदी तथा थुनुवा कैदीको संख्या ३२१ रहेको कारागार कार्यालयका प्रमुख जेलर प्रशान्त कुमार बर्माले बताएका छन । प्रयाप्त भवन नरहेको कारन क्षमता भन्दा बढ़ी कैदीलाइ राख्नु परेको समस्या उल्लेख गरे ।
प्रशासकीय अधिकृत बर्माले कारागार कार्यालयको पुरानो भवन देखि दक्षिण तर्फमा अतिक्रमण गरी राखिएको करीव ४ कट्ठा जग्गा खाली गराएर माटो पुरिएको बताउँदै खाली जग्गामा थप भवन निर्माण गर्नको लागि केंद्रीय कार्यालयबाट बजेट मांग समेत गरिएको जानकारी गराएका छन ।
गौर कारागार कार्यालयबाट ३० जना कैदीलाइ अन्य कारागारमा पठाइएको समेत बताए । संख्या अनुसारको बस्ने कोठा नभएको कैदीहरुलाई बस्न समस्याको सामना गरिरहनु परेकोले भवन निर्माणमा केंद्रीय कारागार बिभागले चासो लिनु पर्ने भनाइ उहाको रहेको छ ।
कारागार कार्यालयमा रहेका कैदी बन्दीमा सवै भन्दा बढ़ी कर्तव्य ज्यान मुद्दाका रहेका छन । कर्तव्य ज्यान मुद्दाका कैदी पुरुष ६८ र महिला ६ जना तथा थुनुवा कैदी तर्फ पुरुष ३६ र महिला ३ जना गरी ११३ जना रहेको छ ।
ज्यान मार्ने उद्योगका ८ जना , हात हतियार खरखजाना मुद्दाको ३ जना , लागू औषध मुद्दाको ३३ जना , जवरदस्ती करनी मुद्दाका ५३ जना , डाका मुदाका ५ जना , मानव बेच बिखन मुद्दाका ५ जना चोरी मुद्दाका २९ जना , अपहरण तथा शरीर बंधक मुद्दाका १६ जना , ठगी ,कीर्ते,बिगो लेनदेन मुद्दाका ६ जना कैदी तथा थुनुवा रहेको कारागार कार्यालयले जनाएको छ । खोटा चलन मुद्दाका ३ , बहु बिबाह मुद्दाका ५ , कुटपिट सवारी अंग भंग मुद्दाका ६ , सवारी ज्यान मुद्दाका २४ , भन्सार छली मुद्दाका २ , राज्य बिरुद्ध , सार्वजनिक मुद्दाका ५ , नागरिकता ,तेजाब मुद्दा का १ अभद्र व्यव्हारका १ जना कैदी रहेका छन ।
कारागार कैदी पुरुष १७८ र थुनुवा १२६ गरी ३०४ र महिला कैदी ११ तथा थुनुवा ३ गरी १४ जना र ३ जना नवालाक रहेको छ ! विभिन्न मुद्दामा अभियोग सावित भई सजाय पाई सकेका तथा थुन्छेकको क्रममा मुद्दाको अनुसन्धानका लागि कारागार चलान भएका कैदीलाइ सहज रुपमा बॉस बस्नु पर्ने व्यवस्था गर्नु पर्ने अधिकार केंद्रीय कारागार व्यवस्थापन बिभागको रहेकोले मानव अधिकारको रक्षाको लागि समय मै सरकारले गौर कारागार कार्यालयको आभाव रहेको भवनको निर्माणमा सक्रियता देखाउनु पर्ने जरुरी रहेको छ ।









