विश्व हिन्दु महासंघको वार्षिक साधारण सभा सम्पन्न
सरोज मिश्रा।
रौतहट । विश्व हिन्दु महासंघको वार्षिक दशौ साधारण सभा चन्द्रपुर नगरपालिकाको वडा नं. ४ ठाडाटोलमा श्री कृष्ण प्रणामी मन्दिरको अतिथि सदनमा संघका अध्यक्ष डा. शालिग्राम शर्माको अधयक्षतामा शुक्रबार सम्पन्न भएको छ । सभामा दुर्गा पूजा छठ समितिका अध्यक्ष सुरेन्द्र साह, रामायण होटलका संचालक रामायण साह, नथुनी साहको उपस्थिति रहेको थियो । साधारण सभालाई डा.शर्मा र विश्व हिन्दु महासंघका अध्यक्ष सत्यनारायण राउतले संयूक्त रुपमा दीप प्रज्जवल गरी उदघाटन गरेका थिए ।
विगत लामो समय देखि नेपालमा देखिदै आएको धार्मिक असहिष्णता तथा सनातन हिन्दु धर्ममाथि आर्थिक, सामाजिक तथा धार्मिक आक्रमणबाट नेपाललाई बचाउनकालागि सबै हिन्दु धर्मालम्बीहरु एक भई लाग्नुपर्ने आवश्यकता रहेको वक्ताहरुले राखे । नेपाललाई प्राचिन हिन्दु सनातन धर्म राष्ट्रको गरिमामय राख्न विश्व हिन्दु महासंघको स्थापना भएको हो । भन्ने संघका अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका हिन्दुबासी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गाइत्री शर्मा, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सोहि अपसरमा घर घर जागनी, जन जन जागनी अभियान अन्तर्गत १०८ मोटरसाइकिल ¥यालीलाई संघका अध्यक्ष शर्माले फुलमाला लगाई विदाई गरेको थियो ।









