महिलाको अस्मिता माथि प्रहार गर्ने मेयर साहले माफी माग्नु पर्छ पूर्व मेयर गुप्ता

महिलाको अस्मिता माथि प्रहार गर्ने मेयर साहले माफी माग्नु पर्छ पूर्व मेयर गुप्ता

राकेश यादव।
रौतहट । नेकपा एमाले रौतहटका इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य प्रत्यासी अजय कुमार गुप्ताले प्रादेशिक अस्पताल गौरमा कार्य गर्ने सम्पूर्ण महिला स्वास्थ्यकर्मी चिकित्सक कर्मचारीको अस्मिता माथि गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले प्रहार गरेको बताएका छन ।
महिला कर्मचारीहरुले तीज पर्वको अवसरमा गरेको दर खाने कार्यक्रमलाइ नगर प्रमुखले विज्ञप्ति जारी गरी दिएको अभद्र क्रियाकलाप सञ्चालनको संज्ञाले महिलाको अस्मिता माथि नै आघात पुगेको उहाको दावी रहेको छ ।
गौर नगरपालिकाका नगर प्रमुखले प्रादेशिक अस्पताल गौरमा तीजको नाममा अभद्र क्रियाकलाप सञ्चालन गर्ने माथि सम्वन्धित निकायले कार्यवाही गर्नु पर्ने मांग गर्दै जारी गरेको विज्ञप्तिको विषयमा प्रतिक्रिया दिदै पूर्व नगर प्रमुख समेत रहेका गुप्ताले नगर प्रमुख साहको विज्ञप्ति खेदजनक रहेको भन्दै निन्दा समेत गरेका हुन ।
संचारकर्मीहरु संग कुरा गर्दै जिल्ला इन्चार्ज गुप्ताले अस्पतालमा कार्य गर्ने महिला स्वास्थ्यकर्मीहरु गौर समाज कै चेली छोरी बुहारी रहेकोले एउटा जिम्मेवार व्यक्तिले लिखित रुपमा त्यस्तो शव्दको प्रयोग गर्नु खेदजनक भएको ठहर गरेका छन ।
महिलाहरुको पर्व तीज रहेकोले नाच गान गर्न पाउने उनीहरुको व्यक्तिगत स्वतंत्रता रहेकोले विज्ञप्ति निकालेर नै महिलाहरुको बेइज्जती गर्ने कार्य गरेको वर्तमान मेयरले सार्वजानिक रुपमा नै माफी माग्नु पर्ने धरना राखे ।
रौतहट निर्वाचन क्षेत्र बाट निर्वाचित भएका नेकपा एकीकृत समाजवादी पार्टीका केंद्रीय अध्यक्ष माधव कुमार नेपालले गौरमा रहेको प्रादेशिक अस्पतालको विकास ,सुधारको कार्य कहिले नगरेको र नेकपा एमालेका सरकारले गर्न लागेको विकास देखेर आतिएको जिकिर गरे ।
आफु पनि नगर्ने र अरुले गर्दा विरोध गर्ने कार्य बंद गर्न समेत सुझाव दिदै महिलाहरुलाई आघात पुग्ने गरी जारी गरिएको विज्ञप्तिमा प्रयोग गरिएको शव्द फिरता लिन समेत आग्रह गरेका छन ।
यसै गरी प्रादेशिक अस्पताल गौरका प्रमुख मेडिकल सुप्रीटेंडेंट डाक्टर मुरारी ठाकुरले नगर प्रमुख शम्भू साहको विज्ञप्तिले महिला स्वास्थ्यकर्मीहरुमा मानसिक रुपमा तनाव थपिएको प्रतिक्रिया दिएका छन । तीज को कार्यक्रम कुनै पनि तवरले अभद्र नभएको भन्दै डाक्टर ठाकुरले कुन कारणले मेयर साहले यस्तो शव्द प्रयोग गर्नु भएको हो त्यसको पुस्टि गर्नु पर्ने बताए ! विश्व स्वास्थ्य संगठनको तथ्यांकले सवै भन्दा बढ़ी आत्महत्याको जोखिम स्वास्थ्यकर्मीलाइ नै भएको देखाएको बेला १ घण्टाको लागि आयोजना गरिएको दर खाने कार्यक्रमको विषयलाइ अतिरंजित गर्नु निंदनीय रहेको बताए ।
उहाले भने स्वास्थ्य क्षेत्रमा कार्य गर्ने स्वास्थ्यकर्मीको उच्च मनोवल बढाउनुको सट्टा दिन रात मिहनेत गरी सेवा दिई रहेका स्वास्थ्यकर्मीको हतोत्साहित गर्ने कार्य गौर नगरपालिकाको नगर प्रमुख बाट भएको ठहर गरे ।
डाक्टर ठाकुरले प्रादेशिक अस्पताल गौरको अवस्था पहिलाको भन्दा अहिले निकै सुधार भएको र आम नागरिकको उपचार प्रति बिस्वास बढेर गएको दावी समेत गरेका छन । उनले अस्पतालका कर्मचारीको मनोवल गिराउने ,होच्च्याउने कार्य नगर दिन नगर प्रमुख साहलाइ आग्रह गरेका हुन ।