बाढी पीडित संग भेट्न आएका सांसद नेपाल, फोटो सेसन मै व्यस्त ः पूर्व राज्य मंत्री यादव

बाढी पीडित संग भेट्न आएका सांसद नेपाल, फोटो सेसन मै व्यस्त ः पूर्व राज्य मंत्री यादव

राकेश यादव ।
रौतहट । जनता समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभाको प्रत्यासी योगेन्द्र राय यादवले रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालले आफ्नो क्षेत्र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री दिनुको सट्टा फोटो सेसन गर्नमा व्यस्त रहेको बताएका छन ।
बाढ़ी आएको ५ दिन पछि आफ्नो निर्वाचन क्षेत्रमा आएका नेकपा एकीकृत समाजवादी पार्टीका केंद्रीय अध्यक्ष समेत रहेका नेपालले आफ्नो कार्यकर्ता , प्रहरीको लबालस्कर लिएर पीडि़त संग भेटघाट न गरी फोटो खिचाउने कार्य मात्र गरेको टिपण्णी गरे ।
रौतहटको सदरमुकाम गौरमा बिहीबार संचारकर्मीहरु संग कुरा गर्दै पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमंत्री यादवले बाढ़ीबाट आहत भएका जनतालाइ केहि दिनु पर्नेमा सो नगरी आफ्नो कार्यकर्त्ताको समूह लिएर प्रभावित क्षेत्रमा अनुगमन निरिक्षणको नाउमा फोटो सेसन गर्दै फर्किएका आलोचना गरे ।
रौतहटमा विकास गरेको झूठ प्रचार गर्ने पूर्व प्रधानमंत्री समेत रहेका सांसद नेपालले शिलान्यास गरेका बड़हरबा स्थित बागमती नदीको पुल अधुरो र जुद्ध उच्च माध्यमिक विद्यालयको छात्रबॉस निर्माण हुदै कालोसूचिमा परेको टिपण्णी गरे ।
देशको प्रधानमंत्री भएर पनि आफ्नो क्षेत्रमा विकास गर्न नसकेको नेताले विकास गरेको भन्नु जनतालाइ झुक्याउने बाहेकको केहि नभएको बताए । पूर्व प्रधानमंत्री स्वर्गीय गिरिजा प्रसाद कोइराला , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा एमालेका अध्यक्ष प्रधानमंत्री केपी शर्मा ओली आफ्नो जिल्लामा गरेको विकास निर्माणका कार्यको अवलोकन गर्न समेत उहाले सांसद नेपाललाइ सुझाव दिए ।
निर्वाचित जनप्रतिनिधि प्रदेश सांसद कृष्ण प्रसाद यादव र नागेन्द्र साह जनताको विचमा विपदको बेला पनि नगएको बताए । बाढ़ी पीडि़तको दुःख देखेर आँखा रसाउने गरेको भन्दै यादवले जनप्रतिनिधिको कार्य देखेर पीडि़तहरु आक्रोशित समेत भएको उल्लेख गरे ।
पूर्व कृषि राज्य मंत्री यादवले भने गौर गंगा पिपरा सड़क निर्माणको ठेक्का लिएका प्रदेश सांसद साहका निर्माण कम्पनी साह निर्माण सेवाले निर्माण गर्ने अवधि समाप्त भई सकदा पनि सड़क निर्माण गराउन नसकेको आरोप लगाए ।
असोज १२ गते आएको बाढ़ीले प्रभावित भएका स्थानीय तहको निरिक्षण गर्न सांसद नेपाल असोज १६ गते आफ्नो निर्वाचन क्षेत्रमा आएका थिए ।

RELATED NEWSसबै