अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ जना सदस्य इरानलाई हस्तान्तरण ः अधिकारी
इरानी जहाज
संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त स्थित इरानको सिमानामा रहेको तटीय जिल्ला ग्वादरको गब्द–रिमदान सीमा नाकाबाट उनीहरुलाई हस्तान्त्रण गरिएको ग्वादरका उपायुक्त नकीबुल्लाह काकरले पुष्टि गर्नु भएको छ ।
पाकिस्तानको मध्यस्थतामा दुई पक्ष बिच आवश्यक समन्वय र छलफल पछि चालक दलका सदस्यहरूलाई औपचारिक रूपमा इरानी अधिकारीहरूलाई हस्तान्तरण गरिएको काकरलाई उदृत गर्दै सिन्हुवाले बताएको छ ।
हस्तातण गरिएका १५ जना चालक दलका सदस्यहरू संयुक्त राज्य अमेरिकाले कब्जा गरेको कन्टेनर जहाजमा रहेका २२ जना इरानी नागरिकहरू मध्यका व्यक्तीहरु भएको जनाइएको छ । जसलाई गत महिना अमेरिकाले कब्जामा लिएर पछि पाकिस्तान लगिएको थियो ।
बाँकी चालक दलका सदस्यहरूलाई अर्को चरणमा फिर्ता गर्ने अपेक्षा गरिएको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।
यस अघि पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको विश्वास निर्माण गर्ने उपायको रूपमा चालक दलका सदस्यहरूको स्थानान्तरणलाई सहज बनाएको जनाएको थियो । जस अनुरुप उनीहरूलाई इरानमा फिर्ता गर्नका लागि रातारात पाकिस्तान लगिएको जनाइएको छ । (रासस/सिन्ह्वा)







