मौलापुर मद्यानी यज्ञमा नायक पल शाह, सुपरस्टार गोविन्दा र भोजपुरी नायिका निलम गिरि आउने पक्का
रन्धिर साह ।
रौतहट । मौलापुरमा हुने मद्यानी महायज्ञमा चर्चित कलाकारहरु आउने भएका छन । रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा हुँदै आएको मधानी महायज्ञमा देश बिदेशबाट कलाकारहरु आउने भएका छन् । सो यज्ञमा नेपाली चलचित्रका नायक पल शाह, बलिउडका सुपरस्टार नायक गोविन्दा र भजपुरी नायिका निलम गिरि मद्यानी महायज्ञमा सहभागी हुने भएका छन् । अगामी फागुन २५ गते शुक्रबारका दिन मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको उद्घाटनका दिन उनीहरु टोलिसहित आउन लागेको मौलापुर नगरपालिकाका प्रमुख प्राशासकीय अधिकृत रामबाबुु साहले जनाएको हो । मधेस प्रदेशमा भगवान् शिवको पूजा गर्न मधानीयज्ञको आयोजन गर्ने गरिन्छ । विशेषगरी महाशिवरात्रीको अवसर पारी मौलापुुर नगरपालिकाले महायज्ञको रूपमा प्रत्येक वर्ष मनाउँदै आएका छन् । वि.सं.२०७६ सालदेखि मौलापुुर नगरपालिकाले प्रत्येक वर्ष मद्यानी महायज्ञ आयोजन गर्दै आएको छ । यसवर्ष पनि पाँचौँपटक मधानी महायज्ञ आयोजना हुन लागेको हो । जसको तयारी तीव्र रूपमा भइरहेको अधिकृत साहले बताए ।
उनले भने, ‘यस वर्षको मधानी महायज्ञमा फागुुन २६ गते कुुस्ती प्रतियोगिता (दंगल) हुँदै छ । जसमा ३५ जना कुस्तिबाज सहभागी हुनेछन् ।’विश्व सम्पदा सूचीमा पार्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजन हुँदै आएको मौलापुुर नगरपालिकाकी नगरप्रमुख रिनाकुुमारी साहले बताइन् । मौलापुुर पुरातात्विक महादेव मन्दिर देशभरिको सय धार्मिक गन्तव्यस्थल मध्ये एक हो ।
यस वर्षको महायज्ञमा पनि नेपाली तथा भारतीय चर्चित भोजपुुरी कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने उनले बताइन् । मौलापुर पतौरामा रहेको धेरै पुरानो पुरातात्विक महादेव मन्दिर उत्खनन्को क्रममा भेटेको थियो । उक्त महादेव मन्दिरलाई अहिले व्यवस्थित गरी महाशिवरात्रीको अवसर पारेर महायज्ञ आयोजन हुँदै आएको छ ।









