नेकपा एमाले रौतहटका अध्यक्षमा साह बिजयी
राकेश यादव ।
रौतहट । नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिबेशन सोमवार संपन्न भएको छ । रौतहट जिल्लाको गरुडामा संपन्न भएको जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा सच्चिदानन्द साह बिजयी भएको हो ! प्रतिद्वंदी अध्यक्ष पदका उम्मेदवार अखिलेश्वर चौधरीलाइ १८ मतले पराजित गर्दै साह बिजयी भएका हुन । २ दिन सम्म सहमतिको प्रयास गरिदा पनि सहमति नहुँदा सोमवार भएको निर्वाचनमा साहको पक्षमा १९३ मत खसेको थियो भने प्रतिपक्षी उम्मेदवार रहेका चौधरीको पक्षमा १७५ मत परेको निर्वाचन अधिकृतले जनाएको छ ।
अधिबेशनबाट जिल्ला उपाध्यक्षमा १३९ मत ल्याएर रुपेश कुमार पटेल निर्वाचित भएका छन । प्रतिपक्षका उम्मेदवार रहेका मणिलाल सहनी ४४ , सुरेश राय यादव ९० ,उपेन्द्र यादव ३१ ,चन्दन कुशवाहा ३७ र राम आशीष साह तेलीलाइ १२ मत खसेको छ ।
सचिवमा शिव आचार्यलाइ पराजित गर्दै बाबूराम दहाल निर्वाचित भएका छन । दहालको पक्षमा २०२ मत परेका छन भने आचार्यलाइ १४७ मत परेको छ । ५ जना उम्मेदवार भएका उपसचिव पदमा १२९ मत ल्याएर अबधेश कुमार यादव बिजयी भएका छन । प्रतिद्वन्दी उम्मेदवार अशोक पहाड़ीलाइ ७५ , फैजल अहमद ६८ , कमलेश कुमार मिश्रा ३७ र सोबिन्द्र चौधरी ३३ मत आएको थियो । उपसचिव महिलामा मुना लामिछाने निर्विरोध भएका छन । त्यस्तै लेखा आयोगका अध्यक्षमा पवन पटेल ,उपाध्यक्षमा रमेश तिमिल्सिना निर्विरोध भएका थिए !









