देवाही गोनाही नपामा अख्तियार अनुसन्धानको ३३औं स्थापन दिवस सम्पन्न

देवाही गोनाही नपामा अख्तियार अनुसन्धानको ३३औं स्थापन दिवस सम्पन्न

रन्धिर साह ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापन दिवसको अवसरमा आयोजित सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका विषयको कार्यक्रम सम्पन्न भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको सहकार्यमा तथा जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजनमा र तराई बिकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजनामा सो कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापन दिवसको अवसरमा आयोजित सो कार्यक्रममा कटहरिया रेडियोका संचालक तथा पत्रकार सन्जय मिश्रा र गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाइ सम्मानित गरिएको थियो ।

शुक्रबार देवाही गोनाही नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य डाक्टर रामकुमार फुयालको रहनु भएको  थियो । उनले कार्यक्रम सम्बोधन गर्दै जनसरोकारका हरेक विषयमा सकारात्मक प्रभाव पर्ने गरी भूमिका खेल्दै आइरहेको हाम्रो सस्थाले ‘सुशासन र सेवाप्रवाहमा स्थानीय तहको भूमिका’ का सम्बन्धमा सरोकारवालाहरुबीच व्यापक छलफल गर्ने र रौतहटलाई समृद्ध रौतहट बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा प्रशिक्षण मुलक कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै उनले स्थानीय तहको बिकासका लागि सबैले आआफ्नो स्थानबाट सकारात्मक काम गर्नु पर्ने बताए । यस्तै कार्यक्रमका विशिस्ट अतिथि महालेखापरीक्षक कार्यालयका नायब महालेखा परिक्षक एवं मधेस प्रदेश प्रमुख श्यामप्रसाद भण्डारीले रौतहटको स्थानीय सरकारको काम मात्र नभइ मधेस प्रदेशकै स्थानीय सरकारको काम गतिलो रूपमा अगाडि नबढेको गुनासो गरेका हुन् । उनले सबै स्थानीय तहलाइ जनताको लागि र जनताको हकहितमा काम गर्नु पर्नेमा जोड दिन उत्प्रेरित गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आआफ्नो स्थानमा बिकास गरे आफै सबै स्थानीय सरकारको बिकास हुने बताए । जनताले सोचे अनुरुप काम नभएका कारण स्थानीय जनता रुष्ट र आक्रोशित हुने भएकाले स्थानीय सरकारले आ आफ्नो स्थानीय तहलाइ बिकासको मार्गमा सकारात्मक भुमिका निर्वाह गर्न अनुरोध समेत गर्नु भयो ।

कार्यक्रममा देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह, उपप्रमुख परनिया देवि पटेल, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, रौतहट जिल्लाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुखहरु, देवाही गोनाही नगरपालिकाका नौ वटै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट हेटौंडा कार्यालयका डाक्टर हेमबहादुर के सि, विभिन्न जनप्रतिनिधिहरु तथा सरोकार राख्ने  निकाय र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

RELATED NEWSसबै