संघिय सांसदहरु द्वारा श्रीराम सुगरमिल्सको अनुगमन

संघिय सांसदहरु द्वारा श्रीराम सुगरमिल्सको अनुगमन

सत्येन्द्र प्रताप सिंह ।
रौतहट । जिल्लाको मध्यभागको गरुडामा रहेको श्रीराम सुगर मिल्सको संचालनका विषयमा संघीय संसदीय टोलीले किसानहरु शुक्रबार छलफल गरेको छ । गोल्छा समूहको स्वामित्वमा रहेको मिल करोडौं रुपैयाँको घाटा र बाध्यात्मक परिस्थिति रहेको जनाउँदै व्यवस्थापन पक्षले २०७७ साउन १० बाट बन्द गरेको थियो । बन्द भएको चिनी मिलको स्थलगत अवलोकनमा पुगेको संघीय संसदीय टोलीले मिल उपकरणको अवस्था ,बन्द गर्नुको कारण वा समस्या लगायतका बारेमा जानकारी लिएको हो । मिल व्यवस्थापन पक्षका अनुसार हरेक वर्ष करोडौं घाटा बेहोर्दै आएको र उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई तलब–भत्ता दिन समेत आर्थिक अभाव भएपछि बन्द गर्नु परेको उल्लेख गरेको छ । चिनी मिलका नाममा रहेको ऋण तिर्न नसकिएकाले लिलाम प्रक्रियाबाट मिलका उपकरण विक्रि गरिसकेको दावी गरेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले शुक्रबार मिलको स्थलगत अवलोकन गर्दै यसलाई पुनः सञ्चालन गर्न सकिने सम्भावनाको अध्यन गरेको टोलीमा सहभागी नेता रेवन्त झाले बताए । स्थलगत अनुगमनपछि आफूहरूले कारखाना चलाउन सकिने सम्भावना देखेको उनको भनाई छ । मिलको लिलाम खारेजी गरी सञ्चालनमा ल्याउन सकिएमा यहाँका उखु किसानलाई सहज हुने र सर्वसाधरणले रोजगारी समेत पाउने उनले बताए । सो उपसमितिको संयोजक तथा बारा–४ का संघीय सांसद किसान श्रेष्ठले श्रीराम सुगर मिल्स यस क्षेत्रमा आवश्यक्ता रहेको औल्याए । मधेश प्रदेशमा उखु खेतिका लागि उपयुक्त भएकाले बन्द भएका चिनि मिल संचालन हुनु पर्ने पक्षमा आफु रहेको बताए । यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अघि बढ्ने उनले जानकारी दिए । २०४९ सालमा शिलान्यास भई ०५१ बाट संञ्चालनमा आएको मिलले बारा, पर्सा, रौतहटका किसानको उखु क्रसिङ गर्ने गरेको थियो । जिल्लामा १२ हजार उखु किसान रहेको उखु उत्पादक संघ रौतहटले जनाएको छ  । हाल नेपालमा वार्षिक ३ लाख मेट्रिकटन चिनी खपत हुने गर्दछ । जसमा ६० प्रतिशत देशभरका चिनी कारखानाहरूबाट उत्पादन हुन्छ भने बाँकी ४० प्रतिशत चिनी भारतबाट आयात हुने गर्दछ । संघीय संसदीय टोली सहित जनमत पार्टीका केन्द्रिय सदस्य रामलाल यादव, एकिकृत समाजवादीका नेता रेवन्त झा र वृजकिशोर यादव, गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जयसवाल , मिलका प्रतिनिधि, उखु कृषकका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
श्रीराम सुगरमिल्स र उखु किसानहरुको समस्याको बारेमा गरुडा नगरपालिका वडा नं. ७ भिमडाबर निवासी समाजसेवी तथा जनमत पार्टीका केन्द्रिय सदस्य रामलाल यादवले उद्योग वाणिज्य तथा श्रम उपभोग्ता हित समितिका सभापति अब्दुल खानलाई भेटी २०८० पौष २६ गते ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनापत्र बुझ्दै सभापति खानले उखु किसानहरु समस्या समाधान गर्ने आश्वाश्न दिएको थियो । सो अनुसार सम्बन्धित समितिका सदस्य, प्रतिनिधि सभा सदस्य तथा कर्मचारीहरुले शुक्रबार रौतहटको गरुडामा रहेको चिनिमिललाई अनुगमन गरी किसानहरु सँग छलफल गरेको छ ।

RELATED NEWSसबै