अबैधरुपमा उतखन्न गरेको बालुवा लोड गरि ल्याउदै गरेको ट्याक्टर नियणत्रणमा
रामजी यादव, ४फागुन ।
जितपुर सिमरा उपमहा नगरपालिका वडानं.५स्थित दुधौरा खोलाबाट नदी जन्य पदार्थ बालुवा/माटो अबैधरुपमा उतखन्न गरि ल्याउदै गरेको अवस्थामा ना.६ त.३७९१नं.को ट्याक्टर र सो को चालक ऐ बारा गढी गाउँपालिका वडानं.३बस्ने बर्ष ३६को रमेश मुखिया र प्र२-००३-००१त २४९१नं.को ट्याक्टर र चालक ऐ जितपुर सिमरा उपमहा नगरपालिका वडानं.५ बस्ने बर्ष २१को बिरबल सहनीलाई ससस्त्र बेस क्याम्प जितपुरबाट खटि गएको ससस्त्र प्रहरी नायब उपरिक्षक कुमार बरालको ०७जनाको मोबाइल गस्ती डिउटी टोलीले चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जितपुर -सिमरा राजश्व शाखा कार्यालयमा बुझाइएको जनाईएको छ।








