१० बुंदे मांग सहित बुझाइयो ज्ञापन पत्र

१० बुंदे मांग सहित बुझाइयो ज्ञापन पत्र

१० बुंदे मांग सहित बुझाइयो ज्ञापन पत्र
राकेश यादव ,१४ फाल्गुन
दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड रौतहटले १० बुंदे मांग राख्दै ज्ञापन पत्र बुझाएका छन ! जिल्लाका दूध उत्पादक किसानहरुले उत्पादन गरेको दूध बिभिन्न सहकारी सस्था मार्फत संकलन गरी दुग्ध बिकास सस्थान अंतर्गत विक्री वितरण गर्दै आएकोमा ६ महीना देखि भुक्तानी नदिएको भन्दै दुग्ध उत्पादक सहकारी सस्था चन्द्रपुरले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाइ ज्ञापन पत्र बुझाएको हो !
सहकारी सस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको छ ! बुझाइएको ज्ञापन पत्रमा नेपाल सरकार द्वारा तोकिएको मूल्य भन्दा कम मूल्य आफुखुसी तोक्ने गरेको , नियमित रुपमा दूध खरीद गर्नु पर्नेमा सो नगरेको ,६ महीना देखि बाकि रहेको ९ करोड़ रुपैया भुक्तानी नदिएको आरोप लगाइएको छ !
नेपाल सरकार संग गएको मङ्सिर २६ मा भएको सहमति समझौता कार्यान्वयन नभएकोले ध्यानाकर्षण गराउनको लागि ज्ञापन पत्र बुझाइएको अध्यक्ष अधिकारीले बताएका छन !
१० बूंदा मांग राख्दै बुझाइएको ज्ञापन पत्रमा दुग्ध किसानहरुको स्वामित्वमा रहेको दुग्ध बिकास सस्थान अंतर्गत हेटौडा दुग्ध बितरण आयोजना लगायतका अन्य निजी डेरी उद्योगहरुले बिगत ६ महीना देखि राखेको ९ करोड़ भन्दा बढ़ी रकम शीघ्र भुक्तानी हुनु पर्ने , बहाना बनाएर आफूखुसी राखिएको मूल्य तुरन्त ख़ारिज गरी नेपाल सरकारले तोकेको मूल्य कायम गर्नु पर्ने , किसानले घोषित तथा अघोषित रुपमा भोगिरहेको मिल्क होल डे बंद गरिनु पर्ने उल्लेख गरिएको छ !
भन्सार विभागको तथ्यांक अनुसार २०८० श्रावणदेखि पौष मसान्त सम्म १ अर्व ४३ करोड़ ८९ लाख २३ हजारको दूधजन्य पदार्थ आयात भएकोमा सो बन्द गराई स्टॉकमा रहेको दूध जन्य पदार्थलाइ अंतर्राष्ट्रीय बजारमा बिक्री गर्ने व्यवस्था गर्नु पर्ने , किसको लगत मूल्य घटाउन सबै पालिकामा किसानले पाउने गरी दूध लीटर अनुदान १० रुपैया लागू गर्ने , पशु आहार ,पशु औषधि सहित सम्वन्धित बस्तुको मूल्य राज्यले अभिलम्ब नियंत्रण गरिनुपर्ने सहितका १० सूत्रीय मांग रहेको छ ! मांग पूरा नभएमा दूध उत्पादक किसानहरुले आन्दोलन गर्ने चेतावनी समेत गयपन पत्र मार्फत दिइएको छ !

RELATED NEWSसबै