एकै परिवारका तीन दिदी बहिनीले निकाले शिक्षक सेवा आयोगमा नाम
रौतहट ! चंद्रपुर नगरपालिका वडा न ८ का एकै परिवारका तीन दिदी बहिनीले शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएका छन ! शिक्षक सेवा आयोग मधेश प्रदेश अन्तरगत तीनै जनाले प्राथमिक तह तृतीय श्रेणीमा नाम निकालेका छन ! बुबा रण बहादुर भुजेल र आमा धनमाया भुजेल की जेठी छोरी शोभा कुमारी भुजेल र कान्छी छोरी सरला भुजेल महिला कोटामा माइली छोरी शुशिला कुमारी भुजेल आदीबासी जनजातीमा नाम निकाल्न सफल भएका छन !









