माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं ।। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरी महानिरीक्षक वसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।
सुन तस्करीको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले सोही अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । यसअघि आयोगले महराको बयान पनि लिएको थियो । उनका छोरा राहुल महरा इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको अभियोगमा थुनामा छन् ।