पालिका कप क्रिकेट अंतर्गतको खेल बर्षाको कारण प्रभावित
पूजा पाठक, ७ चैत्र ।
रौतहट जिल्लामा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगितामा आज हुने भनिएको खेल प्रभावित भएको छ ।
बिहान साढ़े ९ बजे देखि शुरू भएको यमुनामाई गाउँपालिका र गढ़ीमाई नगरपालिका विचको दोस्रो पारीको खेल हुदै गरेको अवस्थामा पानी पर्न थाले पछि खेल स्थगित भएको हो ।
बर्षाको कारण दिउँसो १ बजे देखि हुन भनिएको गुजारा नगरपालिका र ईशनाथ नगरपालिका खेल प्रभावित भएको छ ।
बिहान गढ़ीमाई नगरपालिका पहिलो बल्लेबाजी गर्दै १८ ओभरमा १० विकेट गुमाएर १३२ रनको स्कोर खड़ा गरेको थियो । जवाफी बल्लेबाजी गर्न आएका यमुनामाई गाउँपालिकाले ४ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएर खेल्दै गर्दा पानी पर्न थालेपछि दुवै टीमको खेल विच मै रोकिएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।
साढ़े ११ बजे देखि शुरू भएको वर्षा बेलुका सम्म जारी नै रहेकोले विहिवार हुने खेल पनि प्रभावित हुन सकने सम्भावना रहेको छ ।









