सौर्य एयरलाइन्सको दुर्घटना प्रति मधेश सरकार गरे दुःख व्यक्त
जनकपुरधाम । बुधबार बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको निधन भएको दुःखद् घटनाप्रति मधेश सरकार दुःख व्यक्त गरेका छन् । साथै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रेस विज्ञपति मार्फत दुर्घटनामा परि दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । साथै दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।









