खेलाडीको प्रोत्साहन, खेलको प्रबद्र्धन र पूर्वाधारको संरक्षणमा आफु गम्भिर रहेको ःमुख्यमन्त्री सिंह
जनकपुर ःक्रिकेट एसोसिएसन अफ पर्साका अध्यक्ष मनिष सिंह र उपाध्यक्ष मुर्तुजा हवारी संगको भेटमा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले खेलाडीको प्रोत्साहन, खेलको प्रवद्र्धनमा आफु गम्भिर रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री सिंह संगको भेटमा क्यानका अध्यक्ष सिंह र उपाध्यक्ष हवारीले पर्सा जिल्लाको वीरगंजमा अवस्थित रहेको नारायणी क्रिकेट मैदानको अवस्थाबारे जानकारी गराएका थिए । नेपालको दोस्रो पुरानो नारायणी रंगशालाको अवस्था जीर्ण हुन गएकोले त्यसको मर्मत सम्भारका लागि सहयोग गर्न हुन वहाँहरुले मुख्यमन्त्री सिंह सँग समेत आग्रह गर्नु भयो । क्यान पर्साका अध्यक्ष सिंहले राखेका मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, “अहिले त सबै नीति तथा कार्यक्रम र बजेट आइसकेको छ । तर पनि तत्कालका लागि केही रकम नारायणी रंगशालाका लागि सहयोग गर्ने छु ।” आगामी आर्थिक वर्षदेखि नीति तथा कार्यक्रममै समावेश गरेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री सिंहले व्यक्त गरेका छन ।
अर्को सन्दर्भमा पर्सा क्यानका अध्यक्ष तथा उपाध्यक्षले मुख्यमन्त्री कपदेखि अन्य राष्ट्रिय प्रतियोगिताहरु जनकपुरमा मात्रै सञ्चालन हुने गरेकोमा पर्साबासीले विभेदको आभाष गरेको पनि सुनाए । “पर्साका खेलाडीहरूलाई समान अवसर मिल्नु पर्दछ”, यस सन्दर्भमा मुख्यमन्त्री सिंहले भने, “खेलकूदमा समान अवसर र सुविधाका लागि हाम्रो प्रयास जारी रहनेछ । राष्ट्रिय स्तरका प्रतियोगिता पनि वीरगञ्जमै सञ्चालन गर्ने गरी सहकार्य र समन्वय गर्ने आश्वासन दिए । ”








