धुवाँरहित नपा बनाउन ग्याँस सिलिन्डर तथा चुल्हो वितरण ः नगरप्रमुख वकिल
रौतहट । परोहा नगरपालिकामा हिजो सोमबार एक कार्यक्रम बिच वडा नं. ३ तेजापाकडमा ग्याँससिलन्डर तथा चुल्हो वितरण गरिएको छ । गरिब सँग नगरप्रमुख कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रम नगरप्रमुअ शेख वकिलको प्रमुख आतिथ्य तथा वडा नं. ३ का वडा अध्यक्ष महेश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रमलाई नगरप्रमुख वकिलले मैनबती बालेर उद्धघाटन गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख वकिलले आफ्नो चुनावी प्रतिबद्धता अनुसार परोहा नगरपालिकालाई धुवाँरहित बनाउन गरिब सँग नगरप्रमुख कार्यक्रम अन्तर्गत पालिकामा ग्याँस चुल्हो वितरण गरिएको हो । महिलाहरुको स्वास्थ्यमा अवस्थालाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको वहाँले बताउनु भएको हो । दाउरा तथा गोबरको गोइठाबाट खाना बनाउँदा महिला तथा घरपरिवारको स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा सो बाट बचाउनलागि ग्याँस चुल्हो वितरण गरिएको वहाँले सम्बोधन मार्फत बताउनु भएको हो ।
गत आर्थिकवर्षमा वडा नं. १ को सम्पुर्ण घरपरिवारलाई ग्याँस चुल्हो वितरण गरिएको थियो भने सोमबार वडा नं. ३ को प्रत्येक घरपरिवारलाई ग्याँस चुल्हो लगायत रेगुलेटर र पाइप समेत वितरण गरिएको थियो । हाल वडा नं. २, ३ र ४ को २ हजार ७० घरपरिवारलाई गयाँस चुल्हो वितरण गर्ने कार्यक्रम रहेको र बाँकी वडामा २ महिना भित्र वितरण गरिने कुरा नगरप्रमुख वकिलले बताउनु भयो ।
कार्यक्रममा प्रमुख परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल ,नगर उप प्रमुख सुगान्धी गिरि ,परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुलअहम्द, इन्जिनियर दिपेन्द्र यादव ,वार्ड न–६ का वडा अध्यक्ष बिलाश पटेल , वडा महेश सिंह , जवाहरलाल यादव , नागेन्द्र पटेल , खेदु मुखिया , कपिल अन्जुम , परोहा नगरपालिकाको वडा सदस्य , जनप्रतिनिधि , पत्रकार , सुरक्षाकर्मी लगायत कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।









