रौतहटका मूर्तिकार आजभोलि सरस्वती माताको मूर्ति बनाउनमा व्यस्त

रौतहटका मूर्तिकार आजभोलि सरस्वती माताको मूर्ति बनाउनमा व्यस्त

रन्धिर साह ।
रौतहट । रौतहटका मूर्तिकारहरु आजभोलि सरस्वती माताको मूर्ति बनाउनमा व्यस्त भएका छन् ।सरस्वती पूजाका दिन नजिकिदै जाँदा सबै मूर्तिकारहरु आजभोलि विदाको देवी सरस्वती माताको थरी थरीका मूर्ति निर्माणमा लागि परेका हुन् । तराई मधेसका रौतहट लगायत आसपासका जिल्लाहरुमा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् ।
यस वर्ष फाल्गुन २ गते बुधवार सरस्वती पूजाको तिथि रहेको छ । ग्राहकको माग अनुसार पाँच हजारदेखि ५० हजारसम्मको मूर्ति बनाउन व्यस्त रहेका कुम्हाल कलाकारहरु बताउँछन् । सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई भएको हो ।
वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने परम्परा रहेको छ । माटो र परालबाट बनाइएको सरस्वती मूर्ति विद्यार्थीहरुले विद्यालयलमा राखी सरस्वती पूजा पञ्चमीका दिन मनाइने परम्परा रहेका छन् । खास गरी कुम्हार जातिको पुर्खौली पेसा भएपनि पछिल्लो समय अरु जातिका मानिसहरुले पनि मूर्ति बनाउन थालेको जानकारहरुले बताउँछन् । साथै बिद्यार्थीहरु पनि सरस्वती पुजाको त्यारीमा लागि परेका छन् । बिद्यालय तथा सबै प्रकारका शिक्षण माध्यमहरुमा पुजा गर्न विद्यार्थीहरु समुह बनाएर पुजामा लागि परेका छन् । विशेषगरी सरस्वती पुजा नेपाल लगायत भारत देशमा धुमधामका साथ मनाइने पर्व हो ।

RELATED NEWSसबै