सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्धा ‘ दर्शकहरुको मन जित्न भए सफल
एजेन्सी: सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्धा ‘ १५ मार्चको रिलिज भए देखि दर्शकहरुमा आफ्नो छाप बनाउन सफल भएका छन् ! दर्शकहरुले फिल्मलाई राम्रो रिस्पौन्स दिने गरेकोछ ! फिल्मको कथा र कलाकारहरुको राम्रो अभिनयले दर्शकहरुको मन जित्न सफल भएका योद्धामा सिद्धार्थ मल्होत्राले जबरदस्त एक्सन गरेका छन् भने दिशा पाटनी र राशी खन्नाले मुख्य भूमिका गरेको छ !
फिल्म योद्धाले पहिलो दिन ४.२५ करोडको ब्यापार गरेको छ भने दोस्रो दिन ५.७५ करोडको व्यापार गरेको छ !
फिल्म योद्धाको निर्माण हिरु यश जौहर, करण जौहरम अपुर्ब मेहता र शंशाक खेतानले गरेको छ ! यसको कथा सागर अम्ब्रेले लेखेको छ भने निर्देशक सागर अम्ब्रे र पुषकर ओझा रहेको छ !









