अभिनेताहरु मात्र होइनाकी अभिनेत्रीहरुले पनि गरेकाछन् निर्देशन
March, 18, 2024बलिहुड फिल्ममा अभिनेताहरुले निर्देशन गरेका कुरा संधै चर्चामा आइरहन्छ । तर अभिनेताले मात्र होइन, कतिपय फिल्ममा अभिनेत्रीहरुले पनि निर्देशन गरेका छन् । अमिरखानले निर्देशन गरेको फिल्म 'तारे जमिन पर ' र फरहान अख्तरले निर्देशन गरेको फिल्म 'दिल चाहता है' सफल फिल्म हुन् । त्यस्तै अभिनेत्रीहरुले अभिनय मात्र होइन कि निर्देशन गरेको फिल्महरुले नाम मात्र कमाएका होइन कि सफल फिल्म पनि भएका छन । जसमा पहिलो नाम आउछ अभिनेत्री अपर्ना सेनको, सेनले सन् १९८१ मा '३६ चौरंगी लेन ' मा निर्देशन गरेकी थिइन् । अभिनेत्री कोकणा सेन शर्माले सन् २०१७ मा 'डेथ इन गंज ' मा निर्देशन गरेकी थिइन् । अभिनेत्री पुजा भट्ट फिल्म 'पाप , जिस्म र होलीडे ' जस्ता फिल्ममा निर्देशन गरेकी छिन । सधै चर्चा आइरहने अभिनेत्री कंगना रनौत फिल्म 'मणिकर्णिका' र सन् २०२३ मा 'इमरजेन्सी' मा निर्देशन गरेकी हुन् ।











