शेयर बजारमा सामान्य गिरावट, लघुवित्त र वित्त समूहमा आकर्षण

शेयर बजारमा सामान्य गिरावट, लघुवित्त र वित्त समूहमा आकर्षण

मंगलबार सेयर बजार केही अंकले घटेको छ । हिजो शेयर बजार सामान्य उकालो लागेपनि आज ओरालो लागेको छ । सोमबार ३ दशमलव २७ अंकले बढेको शेयर बजार आज ६ दशमलव २४ अंकले घटेर २०६७ दशमलव २९ अंकमा बन्द भएको छ । अघिल्लो कारोबार दिनमा कुल कारोबार रकम २ अर्ब ८८ करोड ५० लाख ३७ हजार ८१८ रुपैयाँ रहेकोमा आज कारोबार रकम बढेर ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ पुगेको छ । आज बजार घटेसँगै कारोबार रकम पनि बढेको छ ।
आज सबैभन्दा बढी आम्दानी गर्ने कम्पनीहरूमा बुद्धभूमि हाइड्रो, धौलागिरी माइक्रोफाइनान्स, इन्फिनिटी माइक्रोफाइनान्स, भगवती हाइड्रो र युनिक नेपाल माइक्रोफाइनान्स कम्पनी रहेका छन् । उक्त कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मंगलबार सबैभन्दा बढी घाटा पिपुल्स हाइड्रो र मैलुङ खोला हाइड्रोको रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
आज वित्त समूहको उपसूचक २.१ प्रतिशतले बढेको छ भने साना वित्त समूहको उपसूचक २.०३ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचकाङ्क ०.०६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी उत्पादन उपसूचक १ दशमलव ३८ प्रतिशतले घटेको छ भने व्यापार समूहको उपसूचक १ दशमलव ३१ प्रतिशतले घटेको छ ।

RELATED NEWSसबै