राजदेवी नगरपालिकाको एस.एल.सी (१२) रिजल्ट ४५.९ प्रतिशत
रौतहट । एस.ई.ई (कक्षा १०) रिजल्टमा व्यापक आलोचना सहेका रौतहट जिल्ला, राजदेवी नगरपालिका विद्यालयहरुले एस.एल.सी (कक्षा १२) को रिजल्टमा सुधार ल्याएको छ । नगरपालिका जम्मा तीन वटा माध्यमिक विद्यालयबाट कक्षा १२ मा जम्मा १८६ विद्यार्थी परीक्षा फारम भरेका थिए । जसमध्ये ३८ जना अनुउपस्थित रहेको थियो भने १४८ जना परीक्षामा सहभागी रहेका थिए ।
नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवा राजदेवी न.पा. ७ को प्राविधिक धार तर्फ फारम भरेका ४८ जना विद्यार्थी मध्ये १३ जना अनुउपस्थित रहेका थिए भने ३५ जना विद्यार्थी परीक्षामा सहभागी रहेको थिए । जसमा ३ जना विद्यार्थी पास भएका छन् भने ३२ जना विद्यार्थी फेल भएका छन् । ३२ जना फेल भएका विद्यार्थी मध्ये ६ जना विद्यार्थीले १ विषयमा र ५ जना विद्यार्थी २ विषमा फेल भएका छन् । जसले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछ भने २१ जना विद्यार्थीले ३ भन्दा बढी विषयमा फेल भएकोले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँदैन् ।
नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवा राजदेवी न.पा. ७ को साधारण तर्फ फारम भरेका ४५ जना विद्यार्थी मध्ये २० जना अनुउपस्थित रहेका थिए भने २५ जना विद्यार्थी परीक्षामा सहभागी रहेको थिए । जसमा ४ जना विद्यार्थी पास भएका छन् भने २१ जना विद्यार्थी फेल भएका छन् । २१ जना फेल भएका विद्यार्थी मध्ये ५ जना विद्यार्थीले १ विषयमा र ४ जना विद्यार्थी २ विषमा फेल भएका छन । जसले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछ भने १२ जना विद्यार्थीले ३ भन्दा बढी विषयमा फेल भएकोले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँदैन् ।
जनता सत्यनारायण माध्यमिक विद्यालय बसतपुर राजदेवी ४ बाट फारम भरेका ६५ जना विद्यार्थी मध्ये २ जना अनुउपस्थित रहेका थिए भने ६३ जना विद्यार्थी परीक्षामा सहभागी रहेको थिए । जसमा ४५ जना विद्यार्थी पास भएका छन् भने १८ जना विद्यार्थी फेल भएका छन् । १२ जना फेल भएका विद्यार्थी मध्ये ७ जना विद्यार्थीले १ विषयमा र १ जना विद्यार्थी २ विषमा फेल भएका छन । जसले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछ भने १० जना विद्यार्थीले ३ भन्दा बढी विषयमा फेल भएकोले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँदैन् ।
माध्यमिक विद्यालय ब्रहम्पुरी राजदेवी ९ बाट फारम भरेका २८ जना विद्यार्थी मध्ये ३ जना अनुउपस्थित रहेका थिए भने २५ जना विद्यार्थी परीक्षामा सहभागी रहेको थिए । जसमा १६ जना विद्यार्थी पास भएका छन् भने ९ जना विद्यार्थी फेल भएका छन् । ९ जना फेल भएका विद्यार्थी मध्ये ५ जना विद्यार्थीले १ विषयमा र ४ जना विद्यार्थी २ विषमा फेल भएका छन । जसले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछ ।
परीक्षामा सहभागी विद्याथीको अनुसार नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवाको प्राविधिक तर्फको परीक्षा फलको नतिजा ८.५७ प्रतिशत, साधारण तर्फ १६ प्रतिशत रहेको छ ।
जनता सत्यनारायण माध्यमिक विद्यालय बसतपुरको परीक्षाको नतीजा ७१.४२ प्रतिशत रहेको छ भने माध्यमिक विद्यालय ब्रहम्पुरीको परीक्षा नतीजा ६४ प्रतिशत रहेको छ ।
समष्टिगत रुपमा एस.एल.सी कक्षाको १२ को राजदेवी नगरपािलकाको परीक्षा नतिजा ४५.९४ प्रतिशत रहेको छ । जुन एस.ई.ई. (कक्षा १०) परीक्षाको नतिजा ३२.०७ प्रतिशत मात्र रहेको थियो ।
कक्षा १२ को राष्ट्रिय स्तरको परीक्षाफल नतिजा ५२.९१ प्रतिशत रहेको छ ।









