डा.मुरारीको राजिनामाको मांग गर्दै प्रादेशिक अस्पताल गौरका डाक्टरहरु आन्दोलनमा
रौतहट । प्रादेशिक अस्पताल गौरका डाक्टरहरुले मे.सु. डा. मुरारी ठाकुरको राजिनामा मांग गर्दै आन्दोलनमा उत्रेको छन् । डाक्टरहरुले २०८१ भदौ ३० गते अस्पताल प्रशासनलाई जानकारी गराउँदै कामकाज थप गर्ने चेतावनी दिएका छन् २०८१ भदौ २७ गतेका दिन अल्ट्रासाउण्डको विषयलाई लिएर ओपिडिमा कार्यरत चिकित्सक र अस्पताल व्वस्थापन समितिका अध्यक्ष अनवर हासिम बिच विवाद भएको थियो । विवादको क्रममा अध्यक्ष हासिमले चिकित्सक माथि हात्तपात सहित गालीगलौज गरेको आरोप चिकित्सकहरुले लगाएका छन् ।
यस्तो दुव्र्यव्यवहार विरुद्धमा मे.सु. डा. मुरारीले अस्पतालका डाक्टर तथा चिकिल्सकहरुको पक्षमा बोल्नुको सटा आर्थिक चलखेल गर्नका लागि अध्यक्ष हासिमलाई समर्थन गरेको आरोप चिकित्सकहरुले लगाएका छन् । हामी चिकित्सकहरु मे.सु र अध्यक्षको व्यवहारले मानसिक तनावमा रहेको र कामकाज गर्ने वातावरण नरहेकोले मे.सु.ले राजिनामा दिनु पने र अध्यक्ष माथि कारवाही हुनुपर्ने मांग राखेका छन् । यसबाट पर्न गएको असरको जिम्मेवारी मेसु र अध्यक्ष स्वम् हुने व्यवहोरा अस्पताल प्रशासनमा बुझाइएको पत्र वा सामाजिक सञ्जालमा राखिएका पत्रमा उल्लेख गरिएको छ ।
यस सन्दर्भमा मे.सु. डा. मुरारी ठाकुर संग सम्पर्क राख्दा डा. ठाकुरका अनुसार पत्र म कहाँ नआएको तर सामाजिक सञ्जालमा हेरेको वहाँले बताउनु भयो । वहाँले आइतबार अस्पताल बिना कुनै अवरोध पुर्वक सञ्चालन भएको, सोमबार सहित हरेक दिन सञ्चालन हुने र आज आइतबार पनि ७ वटा अपरेशन भएको कुरा समेत वहाँले जानकारी गराउनु भयो ।
यसै सन्दर्भमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष अनवर हासिम संग सम्पर्क राख्दा अध्यक्ष हासिमका अनुसार सम्बन्धित चिकित्सकले अस्पतालमा सेवा सुविधा हुँदा हुँदै चेक जाँचका लागि बाहिर पठाएकोले त्यसो नगर्न सम्बन्धित चिकित्सकलाई चेतावनी दिएको बताउनु भयो । जानकारीको क्रममा अध्यक्ष हासिमले डा. अमित चौधरीको अन्यत्र सरुवा भैइसकेको र बाँकी चिकित्सकको म्याद सकिसकेको समेत जानकारी गराउनुभयो
यसै सन्दर्भमा अस्पतालका मेडिकल अधिकृत डा. अमित चौधरी सँग सम्पर्क राख्दा वहाँका अनुसार मे.सु डा. ठाकुरले पत्रमा तोक लगाइ नदिँदा अस्पताल प्रशासनमा दर्ता नभएको र हामी सो पत्र समाजिक सञ्जालमा राखेको जानकारी गराउनु भयो । वहाँका अनुसार हामी डाक्टरहरु सर्वसाधरणलाई मर्का नपर्ने गरी जनतालाई सेवा दिने तर पनि आन्तरीक रुपमा हाम्रो आन्दोलन जारी रहने कुरा जानकारी गराउनु भयाे ।









