रेखा गुप्ताले दिल्लीको सातौँ मुख्यमन्त्री
रेखा गुप्ता
रेखा गुप्ताले आज दिल्लीको सातौँ मुख्यमन्त्रीको रूपमा शपथ लिन्छिन्। उनी दिल्लीकी चौथो महिला मुख्यमन्त्री बन्नेछिन्। शपथ ग्रहण समारोह दिउँसो 12 बजे रामलीला मैदानमा हुनेछ। उनीसँगै अन्य 6 मन्त्रीले पनि शपथ लिनेछन्।
तीमध्ये परवेज वर्मा, आशिष सुद, मञ्जिन्दर सिंह सिरसा, रविन्दर इन्द्रराज सिंह, कपिल मिश्रा र पङ्कज कुमार सिंह पर्छन्। बुधबार साँझ बसेको विधायक दलको बैठकमा रेखा गुप्तालाई मुख्यमन्त्रीमा निर्वाचित गरिएको थियो।
शपथ लिनुअघि रेखा गुप्ताले बिहीबार बिहान मिडियालाई भनिन्, ‘यो ठुलो जिम्मेवारी हो। ममाथि विश्वास राखेकोमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको नेतृत्वप्रति आभारी छु। मैले दिल्लीको मुख्यमन्त्री बन्ने कहिल्यै सोचेको थिइनँ। यो एउटा चमत्कार जस्तै हो ‘।









