डा. सीके राउत असोज ७ गते सोमबार रौतहट जिल्ला आउदै

डा. सीके राउत असोज ७ गते सोमबार रौतहट जिल्ला आउदै

रौतहट । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माननीय डा.सी.के.राउत आफ्ना नेता कार्यकर्ताहरू लाई दशैंको पूर्व संध्यामा प्रशिक्षण तथा शुभकामना दिन असोज ७ गते सोमबार रौतहट जिल्ला आउदै छ ।

कार्यक्रममा बिशेष गरी जिल्लामा रहेको सबै केन्द्रीय र प्रदेश स्तरीय समितिहरु,पालिका पदाधिकारीहरु, वडा समितिका अध्यक्ष र सचिव साथै जिल्ला समनव्य समितिका सदस्यहरु लाई डा.राउत कै प्रमुख आथित्यमा प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला वनपैदावार आपुर्ति समिति रौतहटका सदस्य बिकास कुमार यादवले जानकारी गराए ।

नेता यादवका अनुसार जनमत पार्टीले आगामी निर्वाचन लाई लक्षित गरि U24 अभियान लाई अझ सशक्त बनाउन कार्यकर्ताहरु लाई प्रशिक्षण अति जरुरी भएकोले अध्यक्ष राउत आफैं मेचि महाकाली प्रशिक्षण अभियान चलाएको छ । यो अभियान को श्रीगणेश यहि भाद्र ३० गते बर्दिया बाट प्रारम्भ गरि असोज २४ गते झापा जिल्ला मा समापन गर्ने तालिका रहेको जनाईएको छ ।

RELATED NEWSसबै