जनमत पार्टीद्वारा भ्रष्टाचार विरुद्धको चरणबद्ध आन्दोलनको घोषणा

जनमत पार्टीद्वारा भ्रष्टाचार विरुद्धको चरणबद्ध आन्दोलनको घोषणा

रौतहट । जनमत पार्टी नगरकार्य समिति गढीमाई नगरपालिकाले नगरपालिकामा हुने गरेका भ्रष्टाचार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । नगरकमिटिले आइतबार एक कार्यक्रमको आयोजना गरी आन्दोलनको घोषणा गरेका हुन् ।
कार्यक्रम अनुसार सोमबार नगरपालिका भित्रको हरेक गाउँ, बस्ती तथा टोलहरुमा पर्चा, पम्पलेट वितरण तथा टाँस गर्ने रहेको छ । त्यस पछि अर्को चरणको कार्यक्रममा नगरभित्रको हरेक चौक चौराहा , हाट बजारमा कोण सभा गर्ने रहेको छ । यि दुइृ चरणको कार्यक्रम पछि एक दिन विशाल रैली तथा विरोध प्रदर्शन गर्ने कार्यक्रमको घोषणा गरेको जनमत पार्टी जिल्ला सदस्य तथा मेयर प्रत्याशी विवेकानन्द साहले जानकारी गराए ।
आन्दोल घोषणा कार्यक्रम नगरकमिटिका अध्यक्ष अनिल साहको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमा मेयर प्रत्याशी विवेकानन्द साह, जिल्ला सदस्य जयमंगल पासवान, फिरोज मियाँ, अबधेश यादव , पुर्व नगरअध्यक्ष ननिपत साह, नगरसदस्य बसुदिन अंसारी र किसनन्दन यादबको उपस्थिति रहेको थियो ।

RELATED NEWSसबै