गौर बसपार्क नजिक बाट लागु औषध सहित एक जना पक्राउ

गौर बसपार्क नजिक बाट लागु औषध सहित एक जना पक्राउ

लागु औषध

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ८ बस पार्क स्थित रहेको सार्बजनिक सडक खण्डमा हिडडुल गरिएको अवस्थामा लागु औषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहट गौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नं.८ बसपार्क स्थित रहेको सार्वजनिक सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेको जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ बस्ने बर्ष २६ को मनोज राईलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो।

प्रहरीले राइलाइ चेकजाँच गर्दा निजले लगाएको खैरो रङ्गको कटन जिन्स पाईन्ट भित्र दाँया तिघ्रा, बाँया तिघ्रा र बाँया पिडौलामा प्लास्टिक टेपले बेरी लुकाई छिपाई गरी राखेको डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाईन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जनाएका छन्।

नेपालमा प्रतिबन्ध लगाइएको औषधि सहित पक्राउ परेका मनोज राईलाई पक्राउ गरी लागू औषध मुद्दामा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
असोज २५ गते पक्राउ परेका राइलाइ सोमबार २८ गते प्रहरीले सार्बजनिक गरेको छ।