उपनिवार्चनमा आफ्नो दललाई जिताउन नेताहरु घरघरमा
स्थानिय तहको उपनिर्वाचन
रौतहट । मंसिर १६ गते हुन लागेको स्थानिय तहको उपनिर्वाचनमा आफ्ना दलका नेतहरुलाई जिताउन केन्द्र देखि स्थानियतह सम्मका नेताहरु व्यस्त भएका छन् । जसका लागि नेताहरु घरदैलो तथा कोण सभा कार्यक्रम गरेका छन् । रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ८, राजपुर नपा वडा नं. ६ र इशनाथ नपा वडा नं. ७ मा वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा स्थानिय नेता भन्दा बढी केन्द्रिय तथा प्रादेशिक नेताहरुले मतदाताहरुलाई रिझाउन व्यस्त भएको देखिन्छ ।
बुधबार गढीमाई नपा वडा नं. ८ मा नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ट, जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, प्रदेश अध्यक्ष चण्डेश्वर मण्डल, जिल्ला अध्यक्ष सचितानन्द साह, पूर्व प्रतिनिधि सभा सदस्य रेखा झा सहित दर्जनौ नेताहरु पुगेका थिए । उनीहरु आफ्नो दलमा मतदान गरी आफ्नो उम्मेदवारलाई जिताउन मतदाताहरु सित आग्रह गरे ।
त्गसैगरी गढीमाई नपा वडा नं. ८ मा बुधबार नेपाली काँग्रेसले आफ्नो उम्मेदबारलाई जिताउन पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता विमेलेन्दै निधि, मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव, प्रदेश सभा सदस्य नागेन्द्र साह सहित केन्द्रिय, प्रादेशिक तथा स्थानिय नेताहरु घरदैलो तथा कोणसभा गरी मतदाताहरुलाई आफ्नो दलमा मतदान गर्न आग्रह गरे ।
यस्तै जनमत पार्टीले रौतहट जिल्लाको तीनवटै वडामा आफ्नो उम्मेदवारलाई जिताउन केन्दिय उपाध्यक्षद्वय अब्दुल खान र वसन्त कुशवहा , केन्द्रिय कार्यकारणी समितिका सदस्य ललित मल्लिक, केन्दिय सदस्य विकास कुमार यादव, रामलाल यादव, सुमन्त कुशवहा, जिल्ला इन्चार्ज शेख जमशैद लगायत केन्द्रिय, प्रादेशिक तथा स्थानिय नेताहरुले बुधबार घरदैदलो र कोणसभा गरी आफ्नोे दलको उम्मेदवारलाई जिताउन आफ्नो दलमा मतदान गर्न आग्रह गरेको छन् ।









