दोषी माथि कार्यवाही र छोटी भन्सार सञ्चालनको मांग गर्दै जनमत पार्टीले बुझाए ज्ञापन पत्र

दोषी माथि कार्यवाही र छोटी भन्सार सञ्चालनको मांग गर्दै जनमत पार्टीले बुझाए ज्ञापन पत्र

जनमत पार्टी जिल्ला कार्य समिति रौतहट

जनमत पार्टी जिल्ला कार्य समिति रौतहटले भर्खर संपन्न भएको नेपाल प्रीमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा खेल सकिए पछि मधेशी समुदायका युवा माथि भएको घटनामा संलग्न ऊपर क़ानूनी कार्यवाहीको मांग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

पौष ६ गते शनिवार संपन्न एन पि एलको अन्तिम खेलमा जनकपुर बोल्ट्स ले जित हासिल गर्दै प्रतियोगिताको उपाधि जितेपछि गलत मानसिकता बोकेका युवाहरुको समूहले जनकपुर बोल्ट्सका समर्थक युवा युवतीलाइ दुर्व्यब्हार गर्नुको साथै कुटपिट गरेको घटना प्रति आपत्ति जनाउँदै दोषी माथि अभिलम्ब क़ानूनी कार्यवाही गर्नको लागि जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमंत्रीलाइ ज्ञापन पत्र बुझाएका हुन ।

जनमत पार्टीका जिल्ला इंचार्ज शेख जमशैदको नेतृत्वमा गएका पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्त्ताहरुले नेपाल सरकारले रौतहट जिल्लाको छोटी भन्सार नाकाबाट सवारी साधन अबागमनमाँ लगाइएको प्रतिबन्ध छिटै हटाउनु पर्ने समेत मांग गरेका छन ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाइ बुझाइएको ज्ञापन पत्रमा एनपीएल खेलमा सामाजिक सदभाव बिगार्ने , मधेशी समुदाय प्रति अपशव्द प्रयोग गर्ने , रंग बर्नको आधारमाँ गरिएको बिभेदको निंदा गरिएको छ ! नेपालमा धर्म ,बर्न ,जात , समुदायको आधारमा बिभेद गर्न नपाइने नेपालको संविधानमा भएको व्यबस्था विपरीत पहाड़ी समुदायका व्यक्तिले जनकपुर बोल्टस का समर्थक माथि गरेको हमला कानून विपरीत र संकुचित मानसिकताको उपज भएकोले आरोपितलाइ पक्राउ गरी कार्यवाही गर्न जोड़दार मांग गरिएको छ ।

ज्ञापन पत्रमा नेपाल भारत सीमा संग जोडिएको नाकाबाट सवारी साधनमा लगाइएको प्रतिबन्धले मधेशी जनता माथिको दमन शोषण भएको ठहर गर्दै रौतहटमा बर्षौ देखि बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालन गराउन ज्ञापन पत्र मार्फत नेपाल सरकारलाइ ध्यानाकर्षण समेत गराइएको छ ।

जिल्लामा रहेको छोटी भन्सार नाकाबाट कुनै किसिमको सवारी साधन ल्याउन नपाइने भनी जिल्ला भन्सार कार्यालय गौरले सुचना जारी गरेपछि सीमा नाका संग जोडिएको स्थानीयहरु आक्रोशित भएका छन ! गौर भन्सार कार्यालय प्रयोग गरेर सवारी साधन नेपालमा प्रबेश गर्न सकिने भनी लगाइएको प्रतिबन्धले छोटी भन्सारबाट सहज रुपमा नेपाल भारतमा आऊंन जान सकिने अवस्था जटिल भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ईशनाथ नगरपालिका वडा नं २ औरैया, वडा नं ४ लतमरी, परोहा नगरपालिका वडा नं ९ रामपुरखाप, बौधीमाई नगरपालिका वडा नं ७ बंकुल, र राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर बेलबिछवाबाट चारपाङ्ग्रे गाडीहरूको आवतजावत अवरुद्ध भएको छ ।

ज्ञापन पत्र बुझाउन पार्टीका केंद्रीय सदस्य बिकास यादव , प्रदेश सभा सदस्य प्रत्यासी बाबू साहेब , गौर नगर कमिटी अध्यक्ष प्रमोद ठाकुर लगायतका नेता कार्यकर्त्ताहरु सहभागी रहेका थिए ।

RELATED NEWSसबै