कांग्रेसले जून सुकै बेला प्रधानमंत्री फाल्न सकिन्छ: महामंत्री थापा
नेपाली कांग्रेसका महासचिव एवं पूर्व मन्त्री गगन कुमार थापाले मुलुकमा शासन व्यवस्था परिवर्तन गर्ने मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसले अवस्था फेरिने कार्य गर्ने भूमिका निर्वाह गर्ने बताएका छन !
मेची देखि महाकाली सम्मको हुलाकी राजमार्ग अन्तर्गतको संवाद यात्रा अभियान अन्तर्गत शुक्रवार हुलाकी राजमार्ग संग जोडिएको स्थानीय तह परोहा नगर पालिकामा नगर प्रमुख शेख वकीलको दरवाजामा आयोजना गरिएको स्वागत कार्यक्रममा सम्वोधन गर्दै महासचिव थापाले मधेशमा मुख्य समस्याको किसानको लागि सिचाई रहेको बताए !
नेपाली कांग्रेस नेपालमा परिवर्तनको सम्बाहकको रुपमा अघि बढेकोले गुनासो ,समस्या ,सुन्नको लागि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गरिएको जानकारी दिदै अभियानको क्रममा आएको समस्याको केंद्रीय कार्य समितिको बैठकबाट सरकारको माध्यम द्वारा सम्वोधन गराउने प्रतिबद्धता जनाए !
सम्बाद यात्राको क्रममा हुलाकी राजमार्ग निर्माणले बिकासमा फड्को मारेको भएपनि सिचाईको आभावले उत्पादनमा निकै कमी आएको उल्लेख गरे ! नेपाली कांग्रेस संघीय सरकार तथा प्रदेश सरकारमा नेतृत्व गरिरहेकोले सम्बाद यात्राको क्रममा आएको गुनासो ,समस्यालाइ विश्लेषण गर्दै सरकारको माध्यम द्वारा सम्वोधन गराउने जिम्मेवारी कांग्रेसको रहेको बताए !
नेपाली कांग्रेसले नै पुष्प कमल दहाल प्रचण्डलाइ प्रधानमंत्री बनाएकोले आगामी आर्थिक बर्षको लागि प्रस्तुत हुने बजेटमा तराई मधेशमा देखिएको सिचाईको समस्या ,शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गरिएन भने कांग्रेसले जून सुकै बेला प्रधानमंत्री फाल्न सकिने चेतावनी समेत दिए !
प्रजातन्त्रको लागि भएको संघर्षको केंद्र बिन्दुको रुपमा रौतहट रहेको र कांग्रेसको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वर्गीय नेता शेख इद्रीस भूमिमा आउदा हर्षित भएको बताए ! पूर्व मन्त्री थापाले कांग्रेसले शिक्षा ,स्वास्थ्य ,कृषि र युवाहरुको रोजगारीको सवालमा गंभीर भएर अघि बढिरहेको बताउँदै जनताको चाहना अनुसार अवस्था परिवर्तन गर्न नेपाली कांग्रेस नै एक मात्र बिकल्प रहेको जिकिर समेत गरे !
जिल्ला सभापति सुनील कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा केंद्रीय सदस्य अजय बाबू शिवकोटि , मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णा प्रसाद यादव , निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यासी डाक्टर फिरदोश आलम ! जिल्ला सचिव रामचन्द्र गिरी ,परोहा नगरपालिकाका मेयर शेख वकील लगायतले आफ्नो मंतव्य राखेका थिए !









