पेशागत बीमा अभिकर्ता संघ नेपालको ५औ अधिबेशन सम्पन्न

पेशागत बीमा अभिकर्ता संघ नेपालको ५औ अधिबेशन सम्पन्न

रामजी यादव । २०, माघ ।
पर्सा । नेपाल लाईफ ईन्स्योरेन्स क.लि.बीरगंज शाखा समितीको आयोजनामा पेशागत बीमा अभिकर्ता संघ नेपालको ५औ अधिबेशन कार्यक्रम बीरगंजमा सम्पन्न भएको छ । नेपाल लाईफ ईन्स्योरेन्स क.लि.बीरगंज पर्साको ५औ अधिबेशन समिती अध्यक्ष नरेश पटेलको अध्यक्षता तथा पेशागत बीमा अभिकर्ता संघ नेपालको निबर्तमान उपाध्यक्ष तथा बीमक समिती नेपाल लाईफका निबर्तमान अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यतामा भएको पेशागत बीमा अभिकर्ता संघ नेपालको बीमक समितीको नेपाल लाईफ ईन्स्योरेन्स के.लि.बीरगंज शाखाको बन्दसत्रको मनोयन दर्ता बिधान बमोजिम अध्यक्ष लगायत १६ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा कमल प्र.बराल, उपाध्यक्ष उमेश प्र.साह,सचिव कबिता खडका,सह–सचिव सुरेश प्र.कानु, कोषाध्यक्ष जटाशंकर प्र.मुखिया,सदस्य राजकुमार साह कानु,सुशिला भण्डारी,निलम पन्त,बृजेश प्र. पटेल,शिवनाथ प्र.यादव,सुभाष कुमार पटेल,सुनील पण्डित,शोभा धमला,हरिओम प्र.प्रजापति,धुरी राउत र गिता खनाल रहनु भएको छ।नेपाल लाईफ ईन्स्योरेन्स क.लि.को शाखा समिती द्वारा आयोजित पेशागत बीमा अभिकर्ता संघ नेपाल पर्साको ५औ अधिबेशन कार्यक्रमका बिशिष्ट अतिथीमा राजकुमार बुढाथोकी,अम्बिका प्र.तेली, तेजप्रकाश तिवारी,कोशी प्रदेश अध्यक्ष के.बी.दर्नाल,रहनु भएको थियो भन्ने अतिथीमा सचिव अनिल चौरसिया,सह–सचिव भुखल साह,नन्दु यादव,राजकुमार साह कानु,रामबाबु कुश्वाहा,बीमा अभिकर्ता,सुरक्षाकर्मी तथा पर्सा र बाराका संचारकर्मी लगायतको उपस्थिती रहेको थियो।

RELATED NEWSसबै