गरुडा नपाकी उपमेयरसहितको समूहले ६ बुदा मागसहित एक महिनादेखि कार्यालयमा तालाबन्दी

गरुडा नपाकी उपमेयरसहितको समूहले ६ बुदा मागसहित एक महिनादेखि कार्यालयमा तालाबन्दी

रन्धिर साह ।
रौतहट । रौतहट गरुडा नगरपालिका ८औं अधिवेशन देखि बिबादास्पद रहेको छ । बितेको पुस १८ गतेदेखि कार्यालयमा तालाबन्दी एवम् धर्ना जारी रहेको छ । करिब १ महिनादेखि बिभिन्न मांग राख्दै गरुडा नगर कार्यापालिकाको कार्यालयमा नगरपालिकाकी नगर उपप्रमुख पुनम चौधरी र वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु सहित बहुमत सदस्यहरुले तालाबन्दी गरि धर्नामा बसेका छन्। नगर प्रमुख आफुहरुको माग प्रति गैर जिम्मेवार रहेको नगर उपप्रमुख चौधरीले आरोप लगाउदै धर्नामा बसेकी हुन् । सो धर्ना र तालाबन्दीका कारण नगरपालिकाका कर्मचारीहरुदेखि स्थानीयहरु समेत प्रभावित बनेका छन् । दैनिक रूपमा हुने सबै काम काज करिब एक महिनादेखि थप रहेको र धेरै दिनदेखि कर्मचारीहरु तलब खान न सकेको बताउँछन् ।
रौतहटको गरुडा नगरपालिकामा करिब दुई सप्ताहदेखि ताल्चा लागेका कारण स्थानीयहरुलाइ सेवामा समस्या भएका छन् । फरक फरक दलबाट विजय भएका गरुडा नगरपालिकाका मेयर कन्थमनिप्रसाद कलवार र उप प्रमुख पुनमकुमारी चौधरीबीचको विवादका कारण स्थानीयहरुले नपाबाट सेवा प्रवाह न हुँदा समस्या खेप्नुपरेको हो । दुवैजना एक अर्काविरूद्व सार्वजानिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । मेयर जैसवाल र उपमेयर चौधरीले भ्रष्टाचार र अनियमितताको आरोप लगाका छन् । उपमेयर चौधरीमाथि मनोमानी ढङ्गले चल्न खोजेको, कर्मचारीविरूद्ध अराजक तवरले प्रस्तुत हुने गरेको, विकास निर्माणका भुक्तानी रोकेको आरोप मेयर पक्षको छ ।
मेयर र उपमेयरबीचको विवादको घानमा आफूहरु परेको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । जबकी एक वर्षअघि चुनावको समयमा उनीहरु एकजुट थिए । निर्वाचित भएपछि एकाएक फरक कित्तामा उभिएका हुन् । मेयर जैसवालले बहुमतकै आधारमा कार्यापालिकाबाट मनलाग्दो निर्णय गर्दैजाँदा उपमेयर चौधरी बिच्किएका हुन् ।
उपमेयर चौधरीले कर्मचारीहरूसँग अभद्र व्यवहार गरेर मेयरसँग असन्तुष्टि व्यक्त गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मो.मुस्ताक आलमले बताए । उपमेयरले निर्वाचन जितेदेखि नै कर्मचारीहरूमाथि उक्त आरोप लगाएर अभद्र व्यवहार गर्दै आएकोे विरोधमा कर्मचारीहरूले उनलाई व्यवहार सुधार्नुपर्ने चेतावनीसहित ज्ञापनपत्र बुझाएका थिए । हालसम्म नगरपालिका विवादहरुको समाधान भएको छैन । जिम्मेवार नेतृत्वहरुले पनि सो विवाद तिर ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । बास्तबमा नगरपालिकामा कहिलेसम्म ताल्चा लागि रहने छन् । यो समाधान कहिले हुन्छ भन्ने प्रश्नहरुमा उल्झिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समेत दुवै समुहको विवादहरुलाई मेलमिलापको माध्यमबाट मिलाउन खोज्दा सहमति हुन सकेन । यी दुई पक्षका विवाद कारण पूरा नगरपालिका नै समस्या खेपिरहेका छन् । अझै कार्यालयमा तालाबन्दी नै छ ।

RELATED NEWSसबै