गौर यातायात कार्यालयमा सेवाग्रही संग खुलेआम घुस माग्दै

गौर यातायात कार्यालयमा सेवाग्रही संग खुलेआम घुस माग्दै

रन्धिर साह ।
रौतहट । रौतहटको गौर यातायात कार्लयममा सेवाग्रहीहरु संग खुलेआम घुस मग्दै गरेको एक भिडियो सार्वजनिक भएको छ । गौर यातायात कार्यालयका सहायक अधिकृत रन्जित साह खुल्याम घुस मागेको आरोप लाग्दै आएको र बिहिबार एक भिडियो समेत सार्वजनिक भएको हो । केही समय पहिला बिरगंज यातायात कार्यालयमा घुसखोरी गरि लुट मचाएका यातायात ब्यवस्था कार्यालयका सहायक अधिकृत रंजित साह अहिले गौर यातायात कार्यालयमा सेवाग्रहीहरु संग खुल्याम घुस मागी रहेको भिडियो बाहिरीएको हो । उनले भोला नाम रहेको एक ब्यक्तिलाई ५ सय रुपैया दिए पछि सब काम हुने बताइ रहेका छन ।
यातायात व्यवस्था कार्यालय गौरमा अहिले उनले घुसखोरीलाई चरम सिमामा पुर्याएका छन । सवारी साधनको सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्ने समयमा इन्स्योरेन्सको कागज बिना नै उनले नवीकरण गरिरहेको पाइएको छ । यसका लागि उनले प्रत्येक सेवाग्राही संग ५ सय रुपैयाँको दरले घुस लिईरहेको पाइएको छ । सवारी दर्ता प्रमाणपत्र नविकरण गर्न अनिवार्य रुपले गाडीको इन्स्योरेन्स हुनु पर्ने हुन्छ तर सहायक शाखा अधिकृत समेत रहेका रन्जित साहले आफ्नै कक्षमा घुस मागी नविकरण गरिदिने गरेका छन । उनले सवारी साधनको इन्स्योरेन्स गराउनका लागि १७ सय रुपैया लाग्ने गरेको तर उनले ५ सय देखि ७ सय घुस लिएपछि नविकरण गरिदिने गरेका छन ।
बिरगंज यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र शाखामा रहदा उनलाई कालोमोसो दलिएको थियो। वीरगन्ज यातायातबाट यातायात व्यवस्था कार्यालय गौर सरुवा भएपनि साह वीरगन्जमै अड्डा जमाएर घुसखोरी गरि जनतालाई दुख दिने गरेका थिए । अहिले सोहि रोबैया यातायात ब्यवस्था कार्यलय गौरमा समेत अपनाएका छन । रौतहट जिल्ला यातायात गौर व्यवस्था कार्यालयमा उनले आफूमातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा चरम घूस लिने गरेका छन । यातायात ब्यवस्था कार्यलय गौरमा सहायक अधिकृत साहले खुला रुपमा घुसखोरी गरि भ्रष्टाचारलाइ चरम सिमामा पुगाएपनी जिल्ला प्रशासन कार्यलय गौरले ध्यान नदिनु शन्खाको विषय बनेको छ । त्यस्तै अख्तियार अनुसन्धान आयोग जनकपुर, हेटौंडा र अख्तियार अनुसन्धान कार्यलय टङालले समेत ध्यान नदिइएको पाइको छ ।

RELATED NEWSसबै