बलपूर्वक शिलान्यास गरिएकोले छानविन गरी कार्यवाही गरिने ःमेयर सिन्हा
राकेश यादव,
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवी सिन्हाले नगरपालिकाको कुनै पनि सहमति नलिईकन गरिएको बर्थिंग सेन्टरको शिलान्याश प्रति आपत्ति रहेको बताएका छन । उहाले बलपूर्वक स्थानीय सरकारको बेवास्ता गर्दै गरिएको शिलान्यासको विषयमा नगरपालिकाबाट छानविन गरी कÞानूनी कार्यवाही गरिने चेतावनी समेत दिएकी हुन ।
फाल्गुन ५ गते देखि आयोजना हुने राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा हुने मेयर क्रिकेट कप २०८० को बारेमा जानकारी गराउने उदेश्यले नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मलेनमा सम्वोधन गर्दै नगरपालिकाबाट अनुमति नै नलिई बलपूर्वक मन्दिरको जग्गामा गरिएको शिलान्यासको कार्य नियम विपरीत भएको दावी गरे ।
मेयर सिन्हाले माघ २७ गते मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसँख्या मंत्री बिरेन्द्र सिंहले गरेका शिलान्यास प्रति स्थानीय सरकारको कुनै सहमति नरहेकोले छानविन गरी कार्यवाही गरिने बताए । उहाले भने नगरपालिकाले एक दिन पहिला नै शिलान्यासको कार्य नगर्न सुचना जारी गरेको थियो । मठ , मन्दिर र विद्यालयको जग्गाको संरक्षण गर्ने अधिकार नगरपालिकाको रहेको जानकारी हुदा हुदै पनि राजनितिक बहुलयता देखाउने नियतले बलपूर्वक शिलान्यास गरिएकोले त्यो मान्य नहुने बताए ।
भौतिक पूर्वाधार निर्माणको कार्य गर्नु अघि सम्वन्धित पालिकाबाट सहमति अनुमति लिनु पर्ने स्थानीय सरकार सञ्चालन येनमाँ कÞानूनी व्यवस्था गरिएकोमा सो को उलंघन गर्दै गरिएको शिलान्यास कार्य कानून विपरीत भएकोले निर्माण कार्य समेत रोक्का गरिने चेतवानी दिएका छन ।
नेपाली कांग्रेसका नगर प्रत्यासीको द्वारा स्थानीय सरकारलाइ चुनौती दिदै बलपूर्वक शिलान्यास गराइएको भनाइ नगरप्रमुख सिन्हाको रहेको छ । पत्रकार सम्मलेनमा प्रमुख सिन्हाले नगरपालिका शिक्षा ,स्वास्थ्य र पूर्वाधार बिकासको क्षेत्रमा राम्रो कार्य गर्दै आएको दावी गरे । नगरपालिकाको आफनी प्रशासकीय भवन निर्माण भएकोले बर्षको १२ लाख भाड़ाको रकम बचत भएको बताए ।
क्रिकेटमा नेपालको बर्तमान अवस्थामा पहिचान विश्व स्तरमा बढ्दै गएकोले स्थानीय स्तरमा खिलाडी उत्पादन गर्ने उदेश्यले मेयर कप २०८० को आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले बताए । प्रतियोगितामा खिलाडीको अनुसाशन महत्त्व पूर्ण हुने भएकोले अनुसाशनमाँ आफ्नो प्रतिभालाइ प्रस्तुत गर्न झाले खिलाडीहरुलाई आग्रह गरे ।
मेयर कप मा नगरपालिकाका ९ वटा वड़ाको टीम सहभागी गराइने छन । फाल्गुन १४ गते फाइनल खेल हुने मेयर कप मा ९ वटा टीम लाइ तीन समूहमा राखिएको रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपालले बताए !
समूह ए मा वड़ा नम्बर १,६,८ समूह बी मा वड़ा नम्बर ४,५,७ र समूह सी मा २,३,९ लाइ राखिएको छ । प्रतियोगिताको बिजेता टीमलाइ नगद ३१ हजार र उपविजेता टीमलाइ ११ हजार पुरुस्कारको व्यवस्था गरिएको आयोजक सस्थाले जनाएको छ ।
प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेलाइ ५ हजार तथा बेस्ट बॉलर , बेस्ट फील्डर ,बेस्ट बैटमैन ,बेस्ट कीपरलाइ २ हजार एक सय रुपैया पुरुस्कार दिइने छन । कार्यक्रममा ९ वटा टीमलाइ क्रिकेट सामग्रीको कीटस हस्तानांतरण गरिएको छ । सम्मलेनमा रौतहट जिल्ला क्रिकेट संघका उपाध्यक्ष मनोज शर्मा, ९ वटा वड़ाका वड़ा अध्यक्ष तथा टीम कैप्टनको सहभागिता रहेको संघका प्रेस संयोजक प्रवीण टिबड़ेवालले जानकारी दिएका छन ।









