श्रीराम सुगम मिलमा अनुगमन र अन्तरक्रिया कार्यक्रम हुने
रूपेश यादव ।
रौतहट । रौतहट जिल्लाको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड बिगत केही दिन देखि बन्द अवस्थामा रहेको छ । गरूडा नगरपालिका स्थित गरूडामा अवस्थित रहेको श्रीराम सुगर मिलको समस्या समाधान तथा अनुगमन गर्न उद्योग वाणिज्य तथा श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानको निर्देशनमा २०८० साल फाल्गुन ३ र ४ गते अर्थात बिहीबार र शुक्रबारका दिन उक्त मिलको अनुगमन गर्न समितिका सदस्यहरु, प्रतिनिधि सभाका सदस्यहरु लगायत कर्मचारीहरु आउने भएको छ । आउने समूहले फाल्गुण ३ गते बिहिबार मिल्सको निरिक्षण गर्ने र फाल्गुण ४ गते शुक्रबार उखु किसानहरु संग किसानहरूको समस्या र समाधानका बारेमा गरुडा नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम हुने भएको बुझिएको छ ।
श्रीराम सुगरमिल्स र उखु किसानहरुको समस्याको बारेमा गरुडा नगरपालिका वडा नं. ७ भिमडाबर निवासी समाजसेवी तथा जनमत पार्टीका केन्द्रिय सदस्य रामलाल यादवले उद्योग वाणिज्य तथा श्रम उपभोग्ता हित समितिका सभापति अब्दुल खानलाई भेटी २०८० पौष २६ गते ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनापत्र बुझ्दै सभापति खानले उखु किसानहरु समस्या समाधान गर्ने आश्वाश्न दिएको थियो । सो अनुसार सम्बन्धित समितिका सदस्य, प्रतिनिधि सभा सदस्य र कर्मचारीहरु रौतहट आउने भएको छ ।
यस सम्बन्धमा समाजसेवी तथा नेता रामलाल यादव सँग सम्पर्क गर्दा गरुडा चिनिमिल्स बन्द भए पछि यसका कारण हजारौं किसानहरू समस्यामा परेको र शास्ति खेपनु परिरहेको छ । चिनिमिल्स सञ्चालनका लागि आफु पहल गर्दै आइरहेका छु र गर्ने छु । जसरी भएपनि श्रीराम सुगरमिल्स सञ्चालन गराई किसानहरुको समस्या सामाधान गर्ने प्रतिबद्धता यादवले व्यक्त गर्नु भयो । अगााडी यादवले भन्नु भयो, आफु किसानको छोरो भएकोले किसानको मर्का राम्ररी सँग बुझेको छु । त्यसैले किसानको समस्या लिएर अगाडि बढेको छु र समस्या समाधान गराएर नै छोडने छु ,भन्नु भयो ।









