जसपाको भातृसंगठन समाजवादी युवासंघको प्रशिक्षक कार्यक्रममा जनकपुरमा सुरु हुने

जसपाको भातृसंगठन समाजवादी युवासंघको प्रशिक्षक कार्यक्रममा जनकपुरमा सुरु हुने

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृसंगठन समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रम जनकपुरको रमण टावरमा शनिबारदेखि सुरु हुने भएको छ ।
समाजवादी युवा संघको केन्द्रिय कमिटिले आयोजना हुन् लागेको  प्रशिक्षण कार्यक्रमको उद्घाटन जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गर्नुहुनेछ । अध्यक्ष यादवको सहभागितामा तीनदिन सम्म चल्ने  कार्यक्रमको ‘शनिबार पहिलोदिन उद्घाटन सत्रबाट सुरु हुनेछ  भने

आइतबार र सोमबार राष्ट्रिय अध्यक्ष यादवले युवाहरुलाई मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुहने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रममा समाजवादी युवा संघका देशैभरिका युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहनेछ ।

सो कार्यक्रममा सातै प्रदेशबाट जसपा भातृसंगठन समाजवादी युवा संघका पदाधिकारीहरु सहभागी रहने र थपमा विभिन्न ‘सोसल इन्फुलेन्सर’ समेत सहभागी रहने समाजवादी युवा संघको एक नेताले बताए ।
जसपा अध्यक्ष यादवले पछिल्लो समय पार्टीका सबै भातृ, शुभेच्छुक र अन्य संगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यको निरन्तरता दिनु भएको छ । ‘मुख्य प्रशिक्षको रुपमा संघीय अध्यक्ष उपेन्द्र यादव र अन्य प्रशिक्षको रुपमा विभिन्न विषयमा दखल राख्ने पार्टीका शीर्ष नेताहरु रहनुहुनेछ । कार्यक्रममा  नेता तथा कार्यक्रताहरुमा प्रशासनिक, पार्टीगत र  राज्य संचालन र संयन्त्रको विषयमा प्रशिक्षण  गरिने छ । प्रशिक्षण कार्यक्रमले युवाहरुमा थप उर्जा थपिने छ भने समाजवादी युवा नेताहरुको भनाई रहेको छ । सो कार्यक्रम  फाल्गुन ७ सोमबार  समापन्न हुनेछ ।
यसअघि जसपाले मधेश प्रदेश कमिटि, प्रेस मञ्च नेपाल र समाजवादी महिला संघका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसकेका छन् । अध्यक्ष यादवले प्रशिक्षणमा मधेशको इतिहास, आन्दोलन, राज्य संचालन, नेपालको प्रशासनिक अवस्था, विश्वमा भएको क्रान्ति, समाजवादको विषयमा नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै आउनु भएको छ ।
RELATED NEWSसबै