बारागढि गाउँपालिकाको हिउदे गाउँसभा सम्पन्न

बारागढि  गाउँपालिकाको हिउदे गाउँसभा  सम्पन्न

रूपेश यादव ।
बारा । बारा जिल्लाको बारा गढिगाँउपालिकाले हिउँदे गाउँसभा शुक्रबार सम्पन्न भएको छ । बारा गढिगाउँपालिकाले कार्यालय खोपवा बाराका सभाहलमा एक कार्यक्रमको बिच आ÷ब २०८०÷८१ को हिउँदे गाउँसभा सम्पन्न भएको हो ।
राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञात अज्ञातहरू प्रति एक मिनेट मौन धारण समेत गरेको थियो ।
शुक्रबार आ÷ब २०८०÷८१ का हिउँदे गाउँसभा सम्बोधन कार्यक्रमको सभाअध्यक्ष अशोक जैसवालले गाउँपालिकाको कामकाज अगाडी बढाउने उदेश्यले आफुले हिउँदे गाउँसभाको आयोजन गरेको बताए।
जनताले प्रदान गरेको मैनडेड अनुसार नै आफू अगाडी बढिरहेको बताए । उनले भने,कार्यपालिका बोर्डको सहमतीले नै कामहरु बढन सक्छ । सबै कार्यपालिका सदस्यहरुको अधिकार सामान रहेको बताए ।
जनताको सुख सुविधाको लागि आफू लडन तयार रहेको प्रष्ट पारे । अहिले जुन गाउँपालिकालाइ बिथोल्ने काम भइरहेको छ ,त्यो गलत रहेको उनको भनाइ रहेको थियो।
यदि आफनो दायित्व,कर्तव्य जनताको प्रति इमान्दारी गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरेका हुन् ।
कार्यक्रममा बिशिस्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले आफ्नो मन्तबय राखेको थियोे ।
कार्यक्रम संचालन रन्जित कुमार साहले गरेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जयसवालले बोल्दै यो कार्यक्रम भनेको हामी लगभग दोस्रो बर्षको अन्तिममा छु तर हामीले दुई बर्षको अन्तरालमा जानता संग गरेर आएको जुन वाचाहरूमा हामि खाडा भएर देखाएका छौ आज बारागढिको जानता पुरै बारागढिमा उभिएको छ । बारागढिको सन्दर्भमा आज पुरै बारा जिल्लामा चर्चाको बिषय बनेको छ ।
बारागढिमा सराहनीय काम भईरहेको छ किन कि त्याहाका काम गर्ने प्रतिनिधिहरू र त्याहाका कर्मचारीहरू मिलेर काम गरिरहेका छन। यो एउटा सराहनीय न्युज बनेको छ बारा जिल्लामा मैले भर्खर नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ संग मिलेर बारागढिको बारेमा छलफल गरेर आएको र बिधुत , खानेपानी र सोलारका समस्या बाट चाडै मुक्त हुने वहाले बताउनु भयो ।
हिउँदे गाउँसभाको बजेट प्रस्तुत ः– आर्थिक बर्ष २०७९÷८०को खर्चभई बाकी रहेको रकम जम्मा २५७,५१९०७ जस मध्ये चालु खर्च ५७ लाख ५१ हजार ९ सय सात मात्र र पुजीगत बजेट रकम २ करोड रहेको छ । वडा बजेट सिलिंग वडा नं एकमा ८ लाख, दुईमा ५ लाख, तिनमा ८लाख,चारमा ८ लाख, पाँचमा ८ लाख, छौमा ५ लाख रहेको छ ।
त्यसतै मेसिनरी औजार ः– २५ लाख ,समपुरक कोष ४५ लाख, गत आबको भुक्तानी बढि २५ लाख । बढि रकम गा.पा स्तरीय रहेक साथै बिभिन्न शाखा र वडा र गा.पाको योजनाहरू थप तथा संशोधन गरिएको रहेको छ ।
उक्त कार्यक्रममा वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू वडा सदस्यहरू गाउँपालिका शाखाका कर्मचारीहरू प्रहरी र संचारकर्मिहरूको समेत उपस्थिती रहेका हरिनारायण साहले जानकारी गराएका हुन।

RELATED NEWSसबै