वड़ा अध्यक्षले सार्वजनिक बाटो कब्ज़ा गर्यो: प्र अ आलम
पूजा पाठक ,
रौतहट जिल्लाको गुजरा नगरपालिका वड़ा नम्बर ५ मा सञ्चालन रहेको रहमान प्राथमिक विद्यालयमा जाने सार्वजनिक बाटो कब्ज़ा गरे पछि विद्यालयमा अध्यन गर्ने बालबालिकालाइ बिद्यालय जान समस्या भएको हो !
साविक गाउ विकास समिति लक्ष्मीपुर ७ मा अवस्थित रहेको बिद्यालयका प्रध्यानाध्यापक मोहमद अफरोज आलमले निर्वाचित वड़ा अध्यक्ष शेख जमालुदीनले सर्वे नक्सामा करीव ७० फिट कायम रहेको सार्वजनिक सड़क कब्ज़ा गरेको आरोप लगाएका छन !
वड़ा अध्यक्ष जमालुदीन र सोही वड़ाका ६५ वर्षीय शेख वहाबले बिद्यालयमा आऊंन जानको लागि प्रयोग हुदै आएको बाटो निजी कब्ज़ामा लिएको दावी गरेको हो ! सोमबार रौतहट जिल्लाको गौरमा संचारकर्मीहरु संग कुरा गर्दै प्रध्यानाध्यापक आलमले यस्तो आरोप लगाएको हो ! जिल्ला रौतहट कनकपुर वड़ा नम्बर १ को किता नम्बर २५१४ को २ कट्ठा जग्गामा स्थापना भएको विद्यालयको नेपाल सरकारको सर्वेमा पच्छिम तरफ बाट कायम रहेको करीव ७० फिट सार्वजनिक सड़क वड़ा अध्यक्षले बलपूर्वक कब्ज़ा गरेको पछि विद्यालयमा अध्यनरत रहेको ३८३ जना बालबालिकाको पठन पाठन प्रभावित भएको बताएका छन !
बिद्यालयको विकास गर्नु पर्नेमा स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिले बिधालयको बिनास गर्ने तरफ अग्रसर भएको भनाइ उहाको रहेको छ ! २०६६ सालमा स्थापना भएको सो विद्यालयमा बिद्यार्थीहरु सोही बाटो भएर विद्यालयमा निर्बिबाद रुपमा आउने गरेकोमा अहिले आएर वड़ा अध्यक्षले सो बाटो निजी रुपमा कब्जा गरे पछि विद्यार्थीहरुको पढ़ाई प्रभावित भएको बताए !
बिद्यालयमा आउने बाटो कब्ज़ा गरेका वड़ा अध्यक्ष ऊपरमा सम्मानित उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा निषेधाज्ञा दायर गरेकोमा फाल्गुन २२ गते छलफलको लागि तारीख तोकिएको प्रध्यानाध्यापक आलमले बताए !
निषेधज्ञाको सुचना पाएका वड़ा अध्यक्षले इटको पर्खाल नै बाटोमा हालेको बताए ! बिधालयमा जाने बाटो किन अवरोध गरेको भने पछि कुटपिट गर्ने धमकी दिने गरेको उल्लेख गरे ! कब्ज़ा गरेको बाटो खुलाऊँन को लागि नगर प्रमुख र उपप्रमुखलाइ जानकारी गराउदा कुनै प्रतिक्रिया नदेखाएको गुनासो उहाको रहेको छ !









