सरकारमा सहभागी हुन जनमत पार्टीले मधेसको मुख्यमन्त्री पाउनुपर्ने शर्त
काठमाण्डौ । नयाँ सत्ता गठबन्धनको सरकारमा सहभागी हुन जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने शर्त राख्ने भएको छ । जनमत पार्टीका प्रवक्ता डा. शरदसिह यादवका अनुसार सचिवालय बैठक सोमबार बसेपनि कुनै निर्णयमा नपुगि सकेको र मंगलबार पुनः बैठक बसी सरकारमा सहभागि हुने कि नहुने , सहभागि हुनु प¥यो भने कुन शर्तको आधारमा हुने भने बैठकमा निर्णय हुने बताउनु भयो ।
पार्टीका उपाध्यक्ष इ.बसन्त कुशवहाले जानकारी गराए अनुसार सोमबारको साचिवालय बैठमा निर्णय नभए पनि गठबन्धनबाट सरकार सहभागि हुन निमन्त्रणा आएको तर मधेश प्रदेशको सरकारको नेतृत्व गर्न जिम्मेवारी दिए मात्र सरकारमा सहभागि हुने बताउन भयो ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि सोमबार जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।








