राैतहटको बाढी पिडितको सहोगार्थ बारा पचरौताका मेयर सिंहले बढाए हाथ

राैतहटको बाढी पिडितको सहोगार्थ बारा पचरौताका मेयर सिंहले बढाए हाथ

रौतहट । अविरल बर्षा र बाढी डुबानले गर्दा रौतहट जिल्लामा प्रभावित पिडितहरुलाई सहयोगार्थ बारा जिल्ला पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह राहत सामग्री सहितको टोली लिएर रौतहटमा मंगलबार आएको हो । राहत सामग्री सहित बाढी पिडितबाट हुन सक्ने महामारी प्रकोप समेतलाई ध्यान दिएर औषधी र चिकित्सक समेत वहाँको टोलीमा रहेको कुरा नगरप्रमुख जलन्धर सिंहले जनाएका छन् ।
मंगलबार बिहान करिब १० बजे रौतहटको सदरमुकाम गौर आइसकेको नगरप्रमुख सिंह र वहाँको टोली जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राजदेवी नगरपालिका र दुर्गा भगवती गाउपालिकाको बाढी प्रभावित क्षेत्रलाई अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा राजदेवी नगरपालिका जनप्रतिनिधि तथा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शंभू सिंह तथा वडा नं ५ का वडा अध्यक्ष धर्मनाथ चौधरी, संविधान सभा सदस्य बबन सिंह सहित जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नगरप्रमुख सिंहको टोलीमा रहेका पचरौता नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मी यादवले जानकारी गराए अनुसार राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुरमा मंगलबार साझ देखि करीब ४०० जनाका खाना पानीको व्यवस्था भई सकेको र खुवाउने कार्य समेत शुरु भइसकेको र दुर्गाभगवती गाउँपालिकाको वडा नं. ५ बडहर्वामा ५०० जनाको खाना र पानीको व्यवस्था गरिसकिएकोले बुधबार बिहान देखि खुवाउने कार्य शुरु हुने जानकारी गराउनु भयो । साथै बुधबार साझ देखि परोहा नगरपालिकाको तेजापाकड समेतमा खाना शिबिर सञ्चालन गरिने कुरा वडा अध्यक्ष यादवले जानकारी गराए ।