जिल्ला अदालतमा ४ हजार भन्दा बढी मुद्दा फैसला उपसचिव ढोडारी

जिल्ला अदालतमा ४ हजार भन्दा बढी मुद्दा फैसला  उपसचिव ढोडारी

राकेश यादव ,२२ साउन ।
रौतहट । जिल्ला अदालत रौतहटमा आर्थिक वर्ष २०८०÷०८१ मा करीव ५ हजार मुद्दा फैसला भएको छ । पछिलो आर्थिक वर्षको जिम्मेवारी सरि आएको र नया दर्ता भएको विभिन्न किसिमका मुद्दा मध्ये ४ हजार ९ सय ४४ थान मुद्दा गएको आर्थिक वर्षमा फैसला भएको हो ।

आर्थिक वर्ष ०७९÷०८० मा फैसला हुन बाकी रहेको ३ हजार ८ सय ४४ तथा आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएको ४ हजार ५ सय २५ गरी जम्मा ८ हजार ३ सय ६९ मुद्दामा ४ हजार ९ सय ४४ मुद्दा ५९.०५ प्रतिशत फैसला भएको रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार उपसचिव उद्धव ढोडारीले जानकारी दिखा छन ।

फैसला हुन बाकि रहेको ३ हजार ४ सय २५ थान मुद्दा चालू आर्थिक वर्षमा जिम्मेवारी सरी आएको छ । उपसचिव ढोडारीले भने गएको आर्थिक बर्षमा नया मुद्दा दर्ता हुने गरेको अनुमान भन्दा ४१५ थान मुद्दा बढ़ी दर्ता भएको छ । हामीले तीन बर्षको तथ्यांकलाइ अध्यन गरेर ४ हजार १ सय १० थान मुद्दा दर्ता हुने अनुमान गरेकोमा ४ हजार ५ सय २५ थान मुद्दा दर्ता भयो उहाले भने अनुमान भन्दा ४१५ थान मुद्दा बढ़ी दर्ता भएको हो ।

आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार ९ सय ४१ , आर्थिक वर्ष २०७९÷०८० मा ३ हजार ९ सय ८८ नया दर्ता भएको थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा ४ हजार ५ सय २५ थान मुद्दा दर्ता भएको उहाले बताए ।
तीन वर्षको तथ्यांकको समीक्षा गर्दारौतहट जिल्ला अदालतमा मुद्दाको संख्या बढेको छ । जग्गा सम्वन्धी मुद्दा बढ़ी दायर भएको उपसचिव ढोडारीले बताए । रौतहट जिल्ला अदालतमा आर्थिक वर्ष २०७८÷०७९ मा ७ हजार ७७ , आर्थिक वर्ष ०७९÷०८० मा ८ हजार ४२ तथा आर्थिक वर्ष ०८०÷०८१ मा ८ हजार ३ सय ६९ मुद्दा चलतीमा रहेको थियो ।

जिल्ला अदालतमा सम्वन्ध विच्छेदको २०७ वटा मुद्दा दर्ता भएकोमा १२५ वटा फैसला भई ८२ वटा चालू अवस्थामा रहेको छ भने नाता कायम तर्फ १८ वटा दर्ता भएकोमा १४ वटा फैसला भई ४ वटा चालू रहेको छ । विबाह दर्ता सम्वन्धी ४१ वटा दर्ता भएकोमा ३७ वटा सम्पादन भई ४ वटा बदर भएको अभिलेख रहेको छ ।

अदालत र संचारकर्मी विचको रोकिएको अन्तर्क्रिरया कार्यक्रम चालू आर्थिक बर्ष देखि नियमित गर्ने योजना बनाएको उहाले बताए ! सेवाग्राहीको छिटो छरितो काम गर्न कर्मचारीलाइ निर्देशन दिइएको भन्दै उपसचिव ढोडारीले कर्मचारीको कार्यबाट कुनै किसिमको असन्तुस्टि भए जानकारी गराउन समेत आग्रह गरेका छन ।